८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

तीन महिने छोराको हत्या आरोपमा ११ वर्षपछि बाबु पक्राउ

छोरा हत्या गरेको आरोपमा ११ वर्षपछि सुनसरी प्रहरीले भोक्राहा–नरसिंहका एक जना पुरुषलाईं पक्राउ गरेको छ।  

प्रहरीले भोक्राहा–नरसिंह वडा नं. १ का ५१ वर्षे वुनिया भन्ने करीम मियाँलाईं पक्राउ गरेको हो। उनले २०६६ मंसिर २२ गते आफ्नै छोराको घाँटी थिचेर हत्या गरेको प्रहरीमा उजुरी परेको थियो।  

घटना अनुसार वुनिया भन्ने करीमकी कान्छी श्रीमती भोक्राहा नरसिंहमै माईती घरमा नै बस्दै आएकी थिइन्। त्यस अवस्थामा श्रीमतीलाई लिन ससुराली घरमा गएकोमा श्रीमतीसँग वादविवाद भए पश्चात् छोराछोरीलाई लिई घर फर्केका थिए। छोराछोरीलाई लिएर घर फर्कदा भोक्राहा–नरसिंह वडा नं. १ को जन्नत हुसेनको केराबारीमा आएपछि करीमले श्रीमतीलाई कुटपिट गरी बेहोस बनाई आफ्ना छोराछोरीहरुलाई घाँटी थिची केराबारीमा फालिदिएका थिए। 

घाँटी थिचेर फालेकै कारण तीन महिने छोरा दिल साह मियाँको मृत्यु भएको करीमकी कान्छी श्रीमती अजिरनले घटना भएको भोलिपल्ट प्रहरीमा उजुरी दिएकी थिइन्। 

प्रकाशित: १८ कार्तिक २०७७ १३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App