१० मंसिर २०८१ सोमबार
image/svg+xml

शौर्य सिमेन्ट लोकप्रिय बन्दै

स्थापनाको छोटो समयमै शौर्य सिमेन्टले आफ्नो व्यावसायिक उत्पादनमा मासिक १० लाख बोराको बिक्री लक्ष्य हासिल गरेको छ।

रिद्धिसिद्धि सिमेन्टद्वारा कन्ट्र्याक्टर मिट २०७८ आयोजना

देशका विभिन्न स्थानमाकन्ट्र्याक्टरमिट (ठेकेदार सम्मेलन) सम्पन्न गरिसकेको यस संस्थाले आफ्नो ४३ ग्रेडको ओपिसी सिमेन्टमा केन्द्रित रही आफ्नोकन्ट्र्याक्टरमिटको आयोजना गरेको कम्पनीले जनाएको छ।

दुई खर्बको सिमेन्ट निर्यात गर्नसक्ने क्षमता

नेपालमा ६५ वटा सिमेन्ट उद्योग छन्। तीमध्ये ४४ वटा ग्रेडिङ र २१ वटा क्लिंकर उद्योग छन्। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत सहजीकरण गर्दा सिमेन्ट उद्योगले छोटो समयमै अतुलनीय प्रगति गर्न सफल भएको बताए। सरकारले सिमेन्ट उद्योगलाई प्रवद्र्धन गर्न बनाएको नीति नियमले अहिले सिमेन्ट उद्योग आत्मनिर्भर मात्र नभई निर्यात गर्ने अवस्थामा पुगेको बताए।

शिवम् सिमेन्टका कार्यकारी अध्यक्षलाई मानार्थ उपाधि

शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई फ्रान्सको युरोपियन इन्टरनेसनल युनिभर्सिटीबाट विद्यावारिधिको मानार्थको उपाधि प्रदान गरेको छ।

नेपालमै पहिलो पटक सिमेन्ट बोर्ड उत्पादनको तयारी

विशेष गरी घर सजावटको क्रममा घरको भित्ता अनि सिलिंङमा प्रयोग हुने सिमेन्ट बोर्ड उत्पादनको तयारी सुरु गरिएको हो।

सर्वाेत्तम सिमेन्ट तथा सर्वाेत्तम स्टिलका ठेकेदारको दुर्घटना बिमा

सौरभ ग्रुपअन्तर्गत सर्वोत्तम सिमेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टिल लिमिटेडले आफ्ना ठेकेदारलाई लक्षित गर्दै प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

मधेस प्रदेशमा अवैध क्रसरको रजगजः झुटो विवरण बनाएर अनुमति दिनेलाई कारवाही भएन

स्थानीय तहमा जनप्रतिनिधि आएपछि क्रसर उद्योग सबैभन्दा बढ्ता फस्टाएको पालिका कर्जन्हा र धनगढीमाई हुन्। जनप्रतिनिधि आएपछि जिल्लामा १० वटा क्रसर उद्योग र वालुवा प्रशोधन केन्द्र दर्ता भएका छन्। जसमध्ये ६ वटा धनगढीमाई नगरपालिकामा दर्ता भई सञ्चालनमा छन्।

पाल्पा सिमेन्टद्वारा बालबालिकाको उपचारमा सहयोग

पाल्पा सिमेन्ट प्रालिले सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गराउने १८ वर्षमुनिका जलनपीडित बालबालिकाको उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ।

सिमेन्ट निर्यातमा खै सहजीकरण?

आत्मनिर्भर भएकामध्येको एक वस्तु हो– सिमेन्ट। सिमेन्ट उत्पादक संघका अनुसार यहाँका उद्योगले वार्षिक करिब साढे दुई करोड टन सिमेन्ट उत्पादन गर्न सक्छन्। स्वदेशी बजारमा वार्षिक करिब एक करोड २० लाख टन मात्र खपत हुन्छ। बाँकी सवा करोड मेट्रिक टन सिमेन्ट निर्यात गर्न सक्ने क्षमता छ। पछिल्लो समय धेरै लगानी भएको क्षेत्रमध्ये एक सिमेन्ट उद्योग पनि हो।

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीसँग अन्तर्क्रिया

देशका विभिन्न ५२ स्थानमा भएको सो कार्यक्रममा दैनिक निर्माणकार्यमा खटिने निर्माणकर्मीको पाँच लाख रूपैयाँबराबरको जोखिम बिमासमेत गराएको कम्पनीले जनाएको छ।

हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट क्षमताको विद्युत जडान

मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा स्वीचिङ स्टेसन निर्माण गरिएको थियो। उक्त स्टेशनबाट उद्योगमा सोमबार २० मेगावट क्षमताको बिजुली जोडिएको हो।

शिवम् सिमेन्ट लिमिटेडद्वारा निर्माणकर्मीको बिमा

कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीको लागि पाँच लाख रूपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ।

शिवम् सिमेन्टद्वारा प्राविधिक अन्तर्क्रिया

शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका दुई सय ६० जना निर्माणकर्मीसँग परामर्श तथा अन्तर्क्रिया सम्पन्न गरेको छ।

शिवम् सिमेन्टको अन्तर्क्रिया कार्यक्रम

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मी हरेक दिन जोखिमपूर्ण काम गर्दै आइरहेको जनाउँदै कम्पनीले निर्माणकर्मीका लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ।

सर्वोत्तम सिमेन्टको प्राविधिक भेटघाट

सर्वोत्तम सिमेन्ट लिमिटेडले सिन्धुपाल्चोक तथा काभ्रेका विभिन्न स्थानमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरूलाई लक्षित भेटघाट कार्यक्रम गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्