२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सर्वाेत्तम सिमेन्ट तथा सर्वाेत्तम स्टिलका ठेकेदारको दुर्घटना बिमा

सौरभ ग्रुपअन्तर्गत सर्वोत्तम सिमेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टिल लिमिटेडले आफ्ना ठेकेदारलाई लक्षित गर्दै प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। 

कार्यक्रममार्फत कम्पनीले ‘सर्वाेत्तमको न्यानो सौगात’ नामक योजनाको समेत सुरुवात गरेको छ। कम्पनीका भाइस–प्रेसिडेन्ट सुवास पाण्डेका अनुसार योजनाअन्तर्गत अब ठेकेदारहरूले आफ्नो साइट रजिस्टर गराएबापत सर्वाेत्तम स्टिलको तर्फबाट ट्र्याक–सुट उपहार तथा सार्वाेत्तम सिमेन्टको तर्फबाट ट्र्याक–सुटका साथै कुनै पनि किसिमका दुर्घटनाविरुद्ध सात लाख रूपैयाँको बिमाको सुविधा पाउनेछन्। हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका एक हजार ठेकेदारका लाागि बिमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको छ।

प्रकाशित: २१ माघ २०७८ ०२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App