१० मंसिर २०८१ सोमबार
image/svg+xml

शिवम् सिमेन्ट्सको साधारण सभा

सभाले आफ्ना सेयरधनीलाई चुक्तापुँजीको ४ अर्ब ४० करोडको २९ प्रतिशतका दरले हुन आउने १ अर्ब २७ करोड ६० लाख रूपैयाँ मात्र नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरको छ।

हुवासिनको स्विचिङ स्टेसन सञ्चालनमा

कम्पनीले स्विचिङ स्टेसनबाट कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२/१० केभीको सबस्टेसन निर्माण गरेको छ। प्राधिकरणले स्विचिङ स्टेसन निर्माणको सुपरीवेक्षण गरेको थियो।

पत्रकार महासंघ भवन निर्माणका लागि सहयोग

नेपाल पत्रकार महासंघ चितवन शाखाको भवन निमार्णका लागि वृज सिमेन्ट कम्पनीले सहकार्य गरेको छ। उक्त भवन निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट पुष्पतारा केडिया सेवा फाउन्डेसन तथा वृज सिमेन्ट ई प्रालिले उपलब्ध गराउने भएको छ।

सगरमाथा सिमेन्ट २५ केजीको प्याकमा पनि

घोरही सिमेन्ट इन्डस्ट्रीले उपभोत्ताको माग र सहज आपूर्तिलाई मध्यनजर गर्दै सगरमाथा सिमेन्टको ओपिसी सिमेन्ट २५ केजीको हाफ प्याकमा ल्याएको छ।

सिमेन्टको खम्बाले किच्दा बालकको मृत्यु

खेल्नेक्रममा सिमेन्टको खम्बा लडेर किच्दा बालकको ज्यान गएको छ। इलाम नगरपालिका–१, नेपालटारका हर्कबहादुर गुरुङको घरमा ८ वर्षे ग्रेसदीप रिजालको निधन भएको प्रहरीले जनाएको छ।

सर्वाेत्तम सिमेन्टलाई ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

नवलपरासीस्थित सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ।

युनाइटेड सिमेन्ट्सलाई ५३ ग्रेडको प्रमाणपत्र

युनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित युनाइटेड सिमेन्ट्स ब्रान्डले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ।

४ महिनामै स्वास्थ्यचौकी निर्माण

उद्योगले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ७० लाखको लागतमा सियारी गाँउपालिका २ मैनहियामा स्वास्थ्य चौकी निर्माण गरीदिएको हो। कोरोना महामारीकै बीचमा निर्माण सम्पन्न भएको स्वास्थ्य चौकी बुधबार गाँउपालिकालाई हस्तान्तरण गरिएको छ।

विदेशी लगानीका थप सिमेन्ट उद्योग आवश्यक: अध्ययन

नेपालमा उपलब्ध चुनढुंगा खानीलाई समुचित उपयोगमा ल्याई सिमेन्टको बढ्दो आन्तरिक माग परिपूर्ति गर्न र आयात कटौती तथा निर्यात पर्वधन गर्न वैदेशिक लगानीमा थप सिमेन्ट उद्योग खोल्न दिनुपर्ने उक्त अध्ययनको निष्कर्ष छ

शिवम् सिमेन्टद्वारा स्वास्थ्य सामग्री सहयोग

शिवम् सिमेन्ट लिमिटेडले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हटौंडा अस्पताललाई एक सय ९० थान अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।

उदयपुर सिमेन्टमा नयाँ जिएमको सय दिनः एकैदिन साढे १७ हजार बोरा बिक्रीको किर्तीमान

दक्षिण एसियाकै उत्कृष्ट गुणस्तरीय गैंडा सिमेन्ट बिक्रीमा एकैदिन साढे १७ हजार बढी बोरा बिक्रीको किर्तीमान कायम भएको छ ।

उदयपुर सिमेन्टमा नयाँ जिएमको दुई महिना

पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको उत्पादन गैंडा सिमेन्ट फागुनमा यस वर्षकै बढी बिकेको छ। दुई वर्षसम्म महाप्रबन्धक (जिएम)विहीन रहेको उद्योगले बुधबार विज्ञप्ती जारी गर्दै गत माघ १ गते गोपीकृष्ण न्यौपाने नयाँ जिएम भएयताको प्रगति सार्वजनिक गर्दै सो जानकारी दिएको हो।

कोभिड पन्छाउँदै लक्ष्य चुम्ने योजनामा उदयपुर सिमेन्ट

विश्व महामारी कोभिडका कारण थलिए पनि सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजले बिस्तारै तङ्ग्रिन थालेको छ। लकडाउनले ५ महिना थलिएको उद्योग भदौदेखि आंशिक सुचारु हुँदै वार्षिक लक्ष्य चुम्ने योजनाका साथ अघि बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्