१० मंसिर २०८१ सोमबार
image/svg+xml

१५ अर्ब लगानीमा सौर्य सिमेन्ट

मुलुकका प्रमुख तीन व्यापारिक घराना मिलेर यो उद्योग खोलेका हुन् । शंकर समूह, अम्बे समूह र गोल्छा ग्रुपले करिब १५ अर्ब लगानीमा सौर्य सिमेन्ट उद्योग निर्माण गरेका हुन् । जगदम्बा, अम्बे सिमेन्ट, डन्डी उत्पादन गर्दै आएका पुराना कम्पनी हुन् ।

लकडाउनले थलिँदै उदयपुर सिमेन्ट

दक्षिण एसियामै गुणस्तरीय मानिने गैंडा छाप सिमेन्ट उत्पादक उसिउलि लामो प्रयासपछि विगत ५ वर्षयता बौरिन थालेकै अवस्थामा विश्वव्यापी कोरोना कहरले फेरि थला पर्न लागेको हो।

सिमेन्ट उत्पादन ८० प्रतिशत कटौती

कोभिड–१९ प्रकोपले लकडाउन खुलेपछि सिमेन्ट उत्पादन सुरु गरेका उद्योगले उत्पादन ८० प्रतिशत कटौटी गरेका छन्।

सिमेन्ट उद्योग र स्थानीयबीच टकराब बढ्दै

केहि समययता रोल्पा सिमेन्ट प्रालि बिबादमा तानिएको छ । झट्ट हेर्दा चुनढुङ्गा बोक्ने विषयमा असहमति देखिए पनि त्यहाँभित्र उद्योगले स्थानीय स्तरमा गर्नैपर्ने काम समेत नगरेका कारण स्थानीयहरु समेत थप आक्रोसित बनेका हुन् ।

सिमेन्टमा आधा खर्ब लगानी स्वीकृत

साबिकका उद्योगीले अब सिमेन्टमा नयाँ लगानी आवश्यक नरहेको बताइरहेका बेला दुई उद्योगलार्य सरकारले लगानी अनुमति दिएको छ।

कोरोना कहरसँग लड्दै उदयपुर सिमेन्ट

सरकारी स्वामित्वको गैंडा छाप सिमेन्ट उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) कोरोना भाइरस (कोभिड–१९) को लकडाउनलाई चिर्दै उत्पादन र बिक्री गर्दैछ । चैत ११ देखि जारी लकडाउनलाई छिचोल्दै उसिउलिले जेठ दोस्रोसाता ६६ औं दिनदेखि मौज्दात सिमेन्ट बिक्री थालेको थियो ।

उदयपुर सिमेन्ट सुचारु

कोरोना भाइरस (कोभिड–१९) को लकडाउनले बन्द पूर्ण सरकारी स्वामित्वको गैंडा छापको उत्पादक उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) शुक्रबारदेखि सुचारु भएको छ । पछिल्लो ३ सातायता नयाँ संक्रमित नभेटिएसँगै उदयपुरमा कोरोना नियन्त्रणोन्मुख भएको निश्कर्ष निकालिएसँगै लकडाउनको अवरुद्ध भएको ६७ औं दिन सुचारु गर्न फाईरिङ भएको छ ।

सिमेन्ट अभाव हुँदा काम रोकियो

लकडाउनका कारण सिमेन्ट आपूर्ति गर्न नसक्दा रसुवागढी जलविद्युत् आयोजनाले बाँधस्थलको बाहेक अन्य क्षेत्रको काम रोकेको छ । आयोजनामा सिमेन्ट ढुवानी गर्न नसकिएपछि बाँधस्थल बाहेक अन्य क्षेत्रको काम यसअघि नै रोकिएको छ । यसअघि तीन हजार टन सिमेन्ट आएको थियो । बाँधस्थलका लागि अझै ४५ सय टन सिमेन्ट आवश्यक पर्छ ।

कोरोना कहर : रोल्पा सिमेन्टले दियो ३ हजार ५ सय मास्क

रोल्पा सिमेन्ट प्रालिले जिल्ला प्रशासन कार्यालय रोल्पालाई ३ हजार ५ सय थान मास्क दिएको छ । आईतबार रोल्पा सिमेन्टका प्रशासन प्रमुख टेकबहादुर गुरुङले प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई मास्क हस्तान्तरण गरेका हुन । कोरोना नियन्त्रण र रोकथामका लागि प्रयोग गर्न सहज हुने भन्दै मास्क उपलब्ध गराइएको हो ।

१७ दिनदेखि रोकिएको ६० टन सिमेन्ट साइटमा पुर्‍याइयो

रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत आयोजनाको १७ दिनदेखि रोकिएको ६० टन सिमेन्ट साइटमा पुर्‍याएको छ। यही चैत ११ गते जिल्लाको राम्चेसम्म ल्याइएको सिमेन्ट लकडाउनका कारण त्यही राखिएको थियो।

सडकमा सिमेन्ट प्रयोग गर्न माग

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा जनतालाई आकर्षित गर्न मात्र नभई राष्ट्रिय आकांक्षाभएको बताएका छन्।

उदयपुरका सबै स्थानीय तहले गैंडा सिमेन्ट प्रगोग गरिने

निजी सिमेन्ट कम्पनीको अस्वस्थ प्रतिस्पर्धाले बजार खुम्चदै गएको महसुस गर्दै उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि)को उत्पादन गैंडा सिमेन्टको मूल्य समायोजन गरेसँगै बिक्री बढेको छ।

नेपाली सिमेन्टलाई ४३ र ५३ ग्रेडको मान्यता

सरकारले नेपालमा उत्पादित सिमेन्टलाई पहिलोपटक ४३ र ५३ ग्रेड स्तरकोे मापदण्ड दिएको छ। स्वदेशी सिमेन्ट उद्योगीले लामो समयदेखि आफ्ना उत्पादनलाई ४३ र ५३ ग्रेड स्तरको मान्यता दिन सरकारसँग माग गर्दै आएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्