coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

शिवम् सिमेन्ट लिमिटेडद्वारा निर्माणकर्मीको बिमा

शिवम् सिमेन्ट लिमिटेडले पोखरा सहित गण्डकी प्रदेशका विभिन्न १० स्थानमा निर्माणकर्मीसँग प्राविधिक अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको जनाएको छ।

कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीको लागि पाँच लाख रूपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी हस्तान्तरण गरेको विज्ञप्तिमा उल्लेख छ।

स्याङ्जा, तनहुँ, लमजुङ, गोरखा, बाग्लुङ लगायत जिल्लाका विभिन्न १० स्थानमा पाँच सयभन्दा बढी निर्माणकर्मीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको बताइएको छ।

हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सय बढी निर्माणकर्मीसँग अन्तक्र्रिया तथा उनीहरूको जोखिम बिमा सम्पन्न गरेको जनाएको छ।

कार्यक्रममा निर्माणकर्मीलाई दक्ष प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने समस्या समाधानका उपाय र भण्डारणबारे जानकारी गराइएको थियो।

प्रकाशित: १७ मंसिर २०७८ ०३:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App