४ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

सर्वोत्तम सिमेन्टको प्राविधिक भेटघाट

सर्वोत्तम सिमेन्ट लिमिटेडले सिन्धुपाल्चोक तथा काभ्रेका विभिन्न स्थानमा भवन निर्माण कार्यमा संलग्न सिनियर प्राविधिक(ठेकेदार) हरूलाई लक्षित भेटघाट कार्यक्रम गरेको छ।

उक्त कार्यक्रममा कम्पनीका प्रोजेक्ट प्रमुख अभिषेक झाले ओपिसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे सम्पूर्ण जानकारीका साथै यसका उपयोगिता र प्राविधिक विशेषताबारे जानकारी गराएका थिए।

सो अवसरमा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग,भूकम्प प्रतिरोधी निर्माण र सिमेन्ट खपत कम गर्ने तरिका सिकाइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

कम्पनीका ब्रान्ड म्यानेजर गोपाल सारदाका अनुसार यो उद्योगले अत्याधुनिक युरोपियन भिआरएम प्रविधिबाट सिमेन्ट उत्पादन गर्छ। यसले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओपिसी र सौरभ ग्रिन पिपिसी ब्रान्डका सिमेन्ट उत्पादन गरी नेपालभर बिक्री गरिरहेको जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७८ ०३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App