८ वैशाख २०८१ शनिबार
अर्थ

शिवम् सिमेन्टका कार्यकारी अध्यक्षलाई मानार्थ उपाधि

शिवम् सिमेन्ट लिमिटेडका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई फ्रान्सको युरोपियन इन्टरनेसनल युनिभर्सिटीबाट विद्यावारिधिको मानार्थको उपाधि प्रदान गरेको छ।

उनको कुशल व्यवस्थापन र उनले व्यावसायिक क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानमा प्रोफेसनल डक्टरल सर्टिफिकेट इन बिजनेस मेनेजमेन्टको मानार्थ उपाधि दिइएको हो। गोयल स्थापनाकालदेखि नै शिवम् सिमेन्ट लिमिटेडमा आबद्ध रही शिवम् सिमेन्टलाई  छोटो समयमा ग्राहकहरूमाझ लोकप्रिय ब्रान्ड बनाउन सफल भएका छन्। उनको कुशल व्यवस्थापन र कार्यदक्षताका कारणले गर्दा कम्पनी उत्कृष्ट एवं गुणस्तरीय ब्रान्ड बन्दै सर्वसाधारणमा सेयर निष्कासन गरी उच्च प्रतिफल दिने क्षमतावान् बनेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ फाल्गुन २०७८ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App