१५ वैशाख २०८१ शनिबार
image/svg+xml

कोभिड नियन्त्रणमा सहयोग माग

अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकलाई थप सहयोग गर्न आग्रह गरेका छन्।

तेस्रो लहरमा जोगिने तयारी

दोस्रो लहरमा अक्सिजन र शय्याका अभावमा बिरामीको अकाल मृत्यु भएको तथ्यबाट हामीले सिक्नुपर्छ। अबका दिनमा पनि अक्सिजनको अभाव र शय्याको अभावलाई मृत्युको कारक मानियो भने त्यो मानवीय अपराध हुन्छ।

महामारी नियन्त्रण गर्न संकटकाल लगाउन सकिने

राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेसँगै स्वास्थ्य संकटकाल घोषणा गर्न सरकारलाई बाटो खुलेको हो।

कोरोना ‘अन्डर कन्ट्रोल’: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिड महामारी नियन्त्रणमै रहेको दाबी गरेका छन्। प्रधानमन्त्री ओलीले शनिबार अमेरिकी सञ्चार संस्था सिएनएनसँगको कुराकानीमा दाबी गरेका हुन।

खोपतालिका सार्वजनिक गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग

कोभिड–१९ को महामारीले विश्व नै आक्रान्त भइरहेको बेला नेपालमा दैनिक हजारौं संक्रमितहरु थपिंदै गएको भन्दै संक्रमण नियन्त्रणका लागि खोप जरुरी रहेकाले खोप तालिका सार्वजनिक गर्न माग गरेको हो।

महामारी नियन्त्रणमा गम्भीर बन

महामारीले तीव्र रूप लिइरहँदा यसका लागि भाइरसको कुन भेरियन्ट जिम्मेवार छ भन्ने जानकारी भएमा रोकथाम गर्न सजिलो हुन्छ जसका लागि निरन्तर अध्ययनको आवश्यकता पर्छ। त्यति मात्र होइन, नयाँ भेरियन्ट नियन्त्रणमा अहिले उत्पादन गरिएको खोपले काम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन पनि निरन्तर अध्ययन गर्नुपर्ने हुन्छ।

महामारी नियन्त्रण गर्न सात करोड

प्रदेश–२ मा कोरोना महामारी त्रास बढ्न थाले पछि महामारी नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड अस्पताल निर्माण तथा हाल सञ्चालनमा रहेका आइसोलेसनहरूको थप व्यवस्थापन, बिरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धि आदि कार्यका लागि सात करोड निकासा गरेको हो ।

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड

कर्णाली प्रदेश सरकारले महामारी नियन्त्रण, भोकमरी न्यूनीकरण र रोजगारी सिर्जनालाई केन्द्रित गर्दै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ करोडको बजेट प्रस्तुत गरेका हुन् ।

खोटाङमा सम्भावित महामारी रोक्न स्वास्थ्यकर्मीको थप तयारी

सम्भावित महामारी न्यूनीकरणका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आफ्नै ठाउँका स्वास्थ्यकर्मीलाई उपयोग गर्ने तयारी गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले क्षमता, दक्षता, योग्यता र सिप हासिल गरेका आफ्नै ठाउँका डाक्टर, विएससि नर्सिङ, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेव, अनमी, ल्याव टेक्नेसियन, ल्याव असिस्टेन्ट र फार्मेसीलाई परिचालन गर्ने तयारी गरेको हो ।

कोरोना विषाणु नियन्त्रणमा लापरबाही

सरकारले कोरोना भाइरसविरुद्ध सुरु गरेको बन्दाबन्दी दुई महिना कटिसकेको छ। गत चैत ११ गतेदेखि बन्दाबन्दी सुरु भएको हो। यस अवधिमा सरकारका अकर्मण्यताका परिणाम अहिले आउन थालिसकेका छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्