१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
खेल

ग्रान्ड स्लाम खेल्दै शिभाली

नेपालकी युवा खेलाडी शिभाली गुरुङले ग्रान्ड स्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनअन्तर्गत इलिट ट्रफी खेल्ने भएकी छन्।

शिभालीले अस्ट्रेलियन ओपनको इलिट ट्रफीमा १४ वर्षमुनि प्रतिस्पर्धा गर्न लागेकी हुन्। ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनअगाडि नै यो प्रतिस्पर्धा हुने गरेको छ। उनी नेपालबाट ग्रान्ड स्लामको यो प्रतियोगिता खेल्ने पहिलो खेलाडी हुनेछिन्। शिभालीले अर्को महिना सुरु हुने अस्ट्रेलियन ओपन खेल्नेछिन्।

मेलबर्न सहरमा सन् २०२६ को जनवरी १२ देखि २६ सम्म अस्ट्रेलियन ओपन हुनेछ। त्यसैको अन्तर्गत रहेको इलाइटमा शिभालीले प्रतिस्पर्धा गर्ने भएकी छिन्। उमेर समूहको प्रतियोगितामा उच्च प्रर्दशन गर्दै उनले ग्रान्ड स्लामसम्मको यात्रा तय गरेकी हुन्। शिभाली हाल १४ वर्षमुनिको एसिया वरीयताको तेस्रो नम्बरमा छिन्।

नेपालबाट एसियाको तेस्रो वरीयतामा पुग्ने उनी पहिलो खेलाडी हुन्। शिभालीले ग्रान्ड स्लाम प्लेयर डेभलपमेन्ट प्रोग्राम आइटिएफ एटिएफअन्तर्गत टेनिस टु युरोप कार्यक्रमअन्तर्गत फ्रान्स, जर्मनी र बेल्जियमलगायतका देशमा टेनिसबाट अवसर पाएकी छन्।

शिभालीले शुक्रबार मात्र पोखरामा सम्पन्न आइटिएफ जे ३० फस्ट विक प्रतियोगितामा सिंगल्स र डबल्स विधामा दुई स्वर्ण पदक जितेकी थिइन्। उनी भर्खर मात्र १४ वर्षमा प्रवेश गरेकी हुन्। उनी आइटिएफ जे–३० प्रतियोगिता जित्ने पनि पहिलो नेपाली खेलाडीसमेत बनेकी छिन्।

प्रकाशित: २२ मंसिर २०८२ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App