७ वैशाख २०८१ शुक्रबार

छुवाछूत र विभेद कहिलेसम्म ?

घाउ निको भयो । तर साथीसँगको प्रेम र संगतको आलो रगत कहिले सुकेन । कालान्तरमा व्यावहारिक विविधताका कारण साथीसँग बिस्तारै सम्बन्ध छुट्यो । तर, हजुरआमाको आँखा छलीछली उसको घर खेल्न गएको र उनकी आमाले प्रेमसाथ नानी भन्दै तातो बारा र छोइलाचिउरा खाजा खुवाएको अझै बिर्सेको छुइन ।

छुवाछूत समाजको विडम्वना हो : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव–मानवबीचमा जातका आधारमा भेदभाव तथा छुवाछूतजन्य व्यवहार र गतिविधि देखिनु विडम्वनापूर्ण रहेको बताएका छन्।

रुकुम घटना ढाकछोप गरिए सिंहदरबार जलाउने धम्की

पोखराका दलित अभियन्ताहरूले रुकुम घटना ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिएका छन् । मल्ल थरकी युवतीलाई विवाहका लागि लिन रुकुम जाने नवराज विकसहित ६ जनाको हत्या भएको विरोधमा दलित संघसंस्थाहरूले मंगलबार पोखरामा आयोजना गरेको संयुक्त शान्तिपूर्ण विरोध प्रदर्शनपछि आयोजित कोणसभामा बोल्दै उनीहरूले रुकुम घटनालाई तोडमरोड गरेर ढाकछोप गरिए सिंहदरबार जलाउने चेतावनी दिएका हुन् ।

यता किन दुखेन राष्ट्रवाद ?

राष्ट्रवाद लिम्पियाधुरामा मात्र होइन, यता आफ्नै देशका नागरिकलाई जातीय छुवाछूत गरी हत्यासमेत गरेको घटनामा चाहिँ नदुख्नु अनौठो भएको छ ।

छुवाछूतका घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग

राष्ट्रिय दलित नेटवर्क नेपालले पछिल्लो समयमा जाजरकोट, सिरहा, पाँचथर, कालिकोट र रुपन्देहीलगायत देशका विभिन्न स्थानमा भएको जातीय भेदभाव तथा छुवाछूतका घटनामा संलग्न दोषीलाई कारवाही गर्न माग गरेको छ।

कोरोना छुवाछूत !

कोरोना भाइरसले हामीलाई केहीदिन दुःखमात्र नदेओस्, मानवता पनि सिकाओस् । घृणा– मान्छेलाई होइन, भाइरस-रोगलाई गर्नुपर्छ भन्ने ज्ञान देओस् ।

जातीय छुवाछूत गर्ने दुई जना प्रहरी नियन्त्रणमा

जातीय भेदभाव तथा छुवाछूतको मुद्दमा दुई जना पक्राउ परेका छन्। जातीय भेदभाव तथा छुवाछूत गरेको भन्दै दुई जना विरुद्ध मुद्दा दर्ता भएपछि प्रहरीले पक्राउ गरेको हो।

कानुनमा लेख्दैमा छुवाछूत अन्त्य हुन्छ ?

सबैलाई थाहा छ– किताबको स्याउ खान मिल्दैन। संविधान र कानुनमा रहेका जातीय छुवाछूतविरोधी व्यवस्था पनि त्यस्तै त होइन ? नेपालको संविधान २०७२ धारा २४ मा छुवाछूत तथा भेदभावविरुद्धको हक व्यवस्था गरिएको छ। कानुनी र राजनीतिक दृष्टिकोणले नेपालमा जातीय भेदभाव तथा छुवाछूत छैन। विडम्बना, सामाजिक–सांस्कृतिक रूपमा भने जातप्रथा अझै जब्बर छ। भन्डै ६० लाख दलित जातीय उत्पीडन र हिंसा भोग्न बाध्य छन्। मानवले मानव नठानी दमन, शोषण र अत्याचार गर्ने कुसंस्कार फेरिएको छैन। वर्ण व्यवस्थामा आधारित विभेद गर्ने संरचना र संस्कृृतिमा फेरबदल आएको छैन।

कुटपिट गर्ने जनप्रतिनिधि पक्राउ

दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेका छन् ।

सम्मानजनक छुवाछूत !

मेरो साथीले मप्रति गरेको माया र सम्मान देखर म छक्क परिरहेकी छु। हामी एउटै गाउँका हौं। धैैरै मिल्थ्यौं। एउटै कक्षामा पढ्थ्यौं। अहिले उनी विवाह गरेर नवलपरासीको सुनवलमा बस्छिन्।

कर्णाली, दलित र मिडिया

राजनीतिक, आर्थिक, सामाजिक विकासका आधारमा कर्णाली देशको सबैभन्दा पछाडि पारिएको अर्थात् दलित प्रदेश हो। जसरी दलित समुदाय सदियौंदेखि जातीय भेदभाव र छुवाछूतको बहिष्करणमा पारिएको छ त्यसरी नै कर्णाली प्रदेशलाई काठमाडौंले पहिलेदेखि विकास र समृद्धिका परियोजनाबाट बाहिर राख्दै आएको छ।

‘राजा महेन्द्रले गरेको छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजा महेन्द्रले गरेको जातीय छुवाछूत उन्मुलन आधुनिक इतिहासकै क्रान्तिकारी कदम भएको बताएका छन्।

अझै जातीय भेदभाव तथा छुवाछूत

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले सबैभन्दा बढी जातीय भेदभाव तथा छुवाछूतका घटना प्रदेश नम्बर २ मा रहेको बताएका छन्।

गणतन्त्रमा ‘काले कामी’ र ‘लाटी लिम्बुनी’को संघर्ष

गएको साता १२औं गणतन्त्र दिवस देशभर भव्य रूपमा मनाइयो । आजकै दिन सरकारले जातीय छुवाछूत तथा भेदभाव (कसुर र सजाय ) ऐन २०६८ पारित गरेको थियो । गणतन्त्र आएको दशक बितिसक्दा र छुवाछूतसम्बन्धी ऐन पारित भएको दशक पुग्नै लाग्दा दलित समुदायले के पाए ? छुट्टै बहसको विषय हुन सक्छ । शिक्षित भएपछि सबैखाले विभेद अन्त्य हुन्छ भन्ने धारणा व्याप्त छ । यही सन्दर्भमा सर्वसाधारण दलितभन्दा पनि शिक्षित दलितलाई हुने विभेदमा यो आलेख केन्द्रित छ ।

छुवाछूत: कहिलेसम्म ?

दिनभर नथाक्ने गरी जातीय समानताका गफ हाँक्ने, भाषण गर्ने समाजका अगुवाहरू त बेलुकी आफ्नो घरमा गएर पुरानै ढर्रामा चल्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्