धरानमा कोरोना संक्रमित युवाको मृत्यु
धरानमा कोरोना संक्रमित एक व्यक्तिको मृत्यु भएको छ। वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान १९ का ३९ वर्षीय युवाको मृत्यु भएको हो। प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उनको बिहान ४ बजेर ३० मिनेटमा काभिड अस्पतालमा निधन भएको थियो।