४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटनामा एकको मृत्यु

हलेसी तुवाचुङ नगरपालिकाको जयराममा शुक्रबार पल्टिएको ट्याक्टर । तस्बिर: नागरिक

ट्याक्टर दुर्घटनामा खोटाङमा एकको मृत्यु भएको छ । दिक्तेलबाट किराना सामान, जस्ता, ग्याँस लगायतका सामान लिएर दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मातर्फ जाँदै गरेको स १ त ६६८० नम्वरको ट्याक्टर दुर्घटना हुँदा टेम्माका २६ वर्षीय प्रकाश राईको मृत्यु भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको जोरआँपमा शुक्रबार राती भएको दुर्घटनामा राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।  

उनलाई ट्याक्टरको ट्रलीले किचेको थियो । दुर्घटनामा टेम्माकै हरी मुग्राती सामान्य घाईते भएका छन् । साँघुरो घुम्तीमा ट्याक्टरको ट्रली पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । ट्याक्टरमा ६ जना सवार थिए । ट्याक्टर चालकलाई नियन्त्रणमा लिइएको डिएसपी चिमरियाले बताए ।  

प्रकाशित: १७ आश्विन २०७७ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App