९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको मृत्यु

जाजरकोट सदरमुकाम खलंगादेखि जिल्लाको जुनीचाँदेस्थित काफ्लाचौर जाँदै गरेको गाडी दुर्घटना हुँदा वडाध्यक्षसहित ६ जनाको मृत्यु भएको छ। भे १ ज ९३५ नम्बरको गाडी जुनीचाँदे–१, काप्रास्थित औलखोलामा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु, एकजना बेपत्ता र एकजना घाइते भएका हुन्।

जुनीचाँदे गाउँपालिका–११, का वडाध्यक्ष अमरबहादुर शाही, महेन्द्र माध्यमिक विद्यालय कोर्ताङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृतिबहादुर शाही, कोर्ताङकै गर्खाकोटका अहेब खेमराज शाही, जुनीचाँदे–५, जजायका गर्खाकोटका अहेब कृष्णबहादुर शाही, सोही वडास्थित मटेलाकी मालिका बस्नेतको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। अर्का एकजनाको सनाखत हुन नसकेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए। 

गाडी सडकभन्दा करिब ६ सय मिटरमुनि खसेको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए। गाडी घुम्तिबाट पार गर्दैगर्दा दुर्घटना भएर खोलामा खसेको उनले बताए।

प्रकाशित: २२ आश्विन २०७७ ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App