६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

अस्पतालमा भेन्टिलेटर नपाएपछि घर ल्याएका बिरामीको मृत्यु

अस्पतालमा भेन्टिलेटर नपाएर घरमै ल्याएर राखेका इटहरीका एक जना कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ।  

इटहरी वडा नं. ७ का ६८ वर्षीय सुधीलाल चौधरीको मृत्यु भएको हो। उनलाईं मंगलबार विराटनगर उपचार गर्न लगेपछि पिसिआर परीक्षण गरेपछि कोरोना संक्रमित भएर भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएपनि  कोशी अस्पताल र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा टेलिफोन सम्पर्क गरेर बुझ्दा नपाएपछि बिरामी घरमै ल्याएर राखेका थिए। घरमै ल्याएर राखेका बिरामी चौधरीको आज बिहान १.३० बजे मृत्यु भएको वडाअध्यक्ष नरबहादु राईंले बताए।  

मृतक चौधरीका आफन्तले भेन्टिलेटर नपाएपछि घरमै ल्याएर राखेपछि निधन भएको वडाअध्यक्ष राईंले बताए। मृतक चौधरी टिभी र दमका पूराना बिरामी हुन्।  इटहरी क्षेत्रमा राईसहित पाँच जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।  

यसैगरी, नेकपा सुनसरी जिल्ला कमिटी सचिवालय सदस्य तथा अधिवक्ता राम निरौलाको मंगलबार राति निधन भएको छ। दुहवी घर भएका उनको काठमाडौं ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो। निमोनिया भएर उपचार गराइरहेका उनलाई कोरोना संक्रमण समेत भएको थियो।  

यता, इटहरी वडा नं. ५ का सामाजिक अगुवा तथा नेपाली कांग्रेस स्थानीय नेता यदुनन्दन आचार्यको पनि मृत्यु भएको हो। हृदयघातको कारण उनको मृत्यु भएको परिवारले जनाएको छ।

 

प्रकाशित: २१ आश्विन २०७७ ०६:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App