१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बर्ड फ्लू भित्रन नदिन उच्च सतर्कता

हेटौंडा, काठमाडौं र कास्कीका पोल्ट्री फार्महरुमा बर्ड फ्लू अर्थात हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा–एचपिआइएको संक्रमण देखा परेपछि काभ्रे जिल्लामा उच्च सतर्कता अपनाइने भएको छ। जिल्लास्तरीय बर्ड फ्लू रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक) को बैठकले सो निर्णय गरेको हो।

पोल्ट्रीका सवारीसाधन चालकलाई ट्राफिक नियम

गाडीमा ठूलो आवाजमा स्पिकर घन्काउँदै, बत्तिँदै आउने गाडी पोल्ट्री व्यवसायको उत्पादन ओसारपसार गर्ने गाडी हुन् भन्ने छाप आम सर्वसाधारणमा रहेको छ। तीव्र गतीमा हुइँकिने र ठूलो हर्न बजाउने गरेका कारण सर्वसाधारण पोल्ट्रीका सवारीसाधनदेखि तर्सिने गर्छन्।

पोल्ट्री भ्याक्सिन र फीडबारे प्रशिक्षण

नेपालमा पोल्ट्री व्यवसाय व्यावसायिक बन्ने क्रममा कुखुरापालनमा जैविक सुरक्षा र नियमित खोप(भ्याक्सिन)बारेमा चासो दिन थालिएको छ । यसै सन्दर्भमा पोल्ट्री भ्याक्सिनको आयातकर्ता कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सले ईटालीस्थित बहुराष्ट्रिय कम्पनी आइजो र भ्याक्सिनोभा इन्टरनेशनलका उत्पादनहरुको जानकारी दिने उद्देश्यले सेमिनारहरुको आयोजना गरेको छ ।

मकै र भटमासमा कृषि सुधार शुल्कले नेपालीे पोल्ट्री उद्योग मर्कामा

आर्थिक वर्ष ०७५/७६ को बजेटले मकै तथा भटमासको आयातमा कृषि सुधार शुल्क लाग्ने व्यवस्था गरेलगत्तै नेपालका दाना उद्योगीहरुले कुखुराको र अन्य दानाको भाउ बढाउने तयारी गरेका छन्।

अण्डामा आत्मनिर्भर, पोल्ट्री कारोबार ४० अर्ब

मुलुकमा कुखुराजन्य वस्तुको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ पुगेको छ । कुखुराको मासु, अण्डा, चल्ला, मलको कारोबार बढेपछि कुखुरापालन व्यवसाय फस्टाएको हो ।

पोल्ट्री फर्मबाट सफल उद्यमी

गाउँमा पोल्ट्री फर्म सञ्चालन सुरु गर्दा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा बयाक्ताका २० वर्षीय सुवास राईलाई कसैले पत्याएका थिएनन् । लक्की पोल्ट्री फर्म सञ्चालनका लागि विधिवत दर्ताका लागि घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा पुगेका सुवासलाई उद्योग अधिकृत लोकनाथ खतिवडाले समेत कलिलो उमेरको देखेर विश्वास गरेनन् ।

तीन युवाले खोले पोल्ट्री फर्म

कञ्चनपुरको रैकवार–बिचवा गाविसमा सुदूरपश्चिममै सर्वाधिक लगानीमा पोल्ट्री फर्म सञ्चालनमा आएको छ। रैकवार–बिचवाका तीन युवाले संयुक्त लगानीमा आरबी एग्रो फर्म प्रालि सञ्चालनमा ल्याएका हुन्। रैकवार–बिचवा– ९ पिपरियामा स्थापना गरिएको पोल्ट्री फर्ममा उनीहरुले दुई करोड रुपैयाँ लगानी गरेका छन्।

उद्योगमा परिणत हुँदै पोल्ट्री व्यवसाय, ९० अर्ब लगानी

काठमाडौं– कुखुरा र अण्डाको बजार विस्तारसँगै पोल्ट्री व्यवसायमा लगानीको ओइरो लागेको छ । किसानले उत्पादन गरेको कुखुराको मासु तथा अण्डाले सजिलै बजार पाउन थालेपछि यसमा लगानी बढेको हो । सरकारले अण्डा र मासुमा आत्मनिर्भर बन्ने योजना बनाएपछि पोल्ट्री व्यवसायमा एक वर्षको अवधिमा करिब १० अर्ब रुपैयाँ लगानी थपिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्