१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बर्ड फ्लू भित्रन नदिन उच्च सतर्कता

बनेपा – हेटौंडा, काठमाडौं र कास्कीका पोल्ट्री फार्महरुमा बर्ड फ्लू अर्थात हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा–एचपिआइएको संक्रमण देखा परेपछि काभ्रे जिल्लामा उच्च सतर्कता अपनाइने भएको छ। जिल्लास्तरीय बर्ड फ्लू रोग नियन्त्रण प्राविधिक समिति (डाइटेक) को बैठकले सो निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको अध्यक्षतामा जिल्लाका चारैवटा सुरक्षा निकायसहित कुखुरा, दाना, चल्ला, अण्डा र मासु व्यवसायीहरु सम्मिलित डाइटेकको बैठकले रोगमुक्त प्रमाण भएका कुखुरा, चल्ला, अण्डा र पन्छीजन्य पदार्थमात्र जिल्ला भिœयाउन दिने निर्णय गरेको छ। बैठकले मंगलटार, साँगा र नालामा प्रहरी चेकपोस्टसँगै रहने गरी भेटरीनरी अस्पताल काभ्रेको चेक पोस्ट राख्ने निर्णय गरेको हो। ती नाकाहरुबाट कुखुरा तथा कुखुराजन्य पदार्थहरु भित्रने क्रममा पशु ढुवानी मापदण्डअनुसारको भेटरिनरी प्रमाणपत्र भएको यकिन गरेर मात्रै कुखुरा, चल्ला, अण्डा र कुखुराजन्य पदार्थलाई भित्रन दिइने निर्णय गरेको छ।

‘पशु सेवा विभागले काभ्रे जिल्लालाई बर्ड फ्लूको मध्यम जोखिम जिल्लाको रुपमा राखेको छ। तर, काभ्रेको सिमाना सिन्धुलीसँग जोडिएको र बनेपा–सिन्धुली–बर्दिवास राजमार्ग हुँदै तराईबाट कुखुरा र कुखुराजन्य पदार्थ ओसारपसार हुने भएकाले जोखिम बढ्दो अवस्थामा छ,’ पोल्ट्री व्यवसायी मञ्च नेपालका महासचिव दयाराम महतले भने।

जिल्लामा व्यावसायिक कुखुरापालन गर्दै आएका सबै किसानहरुलाई जैविक सुरक्षा (बायो–सेक्युरिटी) मा विशेष ध्यान पु-याउन आग्रह गरिएको पनि उनको भनाइ छ, ‘हाम्रा सदस्यहरुमार्फत सबै किसानहरुलाई कुखुराको खोरमा विसंक्रामक (डिस्इन्फेक्टेन्ट) औषधिहरु छर्ने, जथाभावी खोरभित्र आवतजावत नगर्ने, कुखुराको प्रत्यक्ष सम्पर्कमा आइरहने हेरालु र प्राविधिकहरुलाई पर्याप्त सुरक्षा सावधानी अपनाउनु पर्छ भनेर सन्देश पठाउन थालेका छौं। स्थानीय पत्रिका र एफएमबाट यसबारेमा जनचेतना फैलाउने निर्णय गरेको छौं,’ महतले थपे। आर्थिक वर्ष ०७१÷७२ मा तथ्यांक विभागले गरेको पोल्ट्री गणनाले काभ्रे जिल्लालाई लेयर्स र ब्रोइलर कुखुरापालनमा चितवनपछिको दोस्रो जिल्लाका रुपमा उल्लेख गरेको छ।

प्रकाशित: ८ चैत्र २०७५ ०२:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App