१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोल्ट्री भ्याक्सिन र फीडबारे प्रशिक्षण

बनेपा – नेपालमा पोल्ट्री व्यवसाय व्यावसायिक बन्ने क्रममा कुखुरापालनमा जैविक सुरक्षा र नियमित खोप(भ्याक्सिन)बारेमा चासो दिन थालिएको छ। यसै सन्दर्भमा पोल्ट्री भ्याक्सिनको आयातकर्ता कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सले ईटालीस्थित बहुराष्ट्रिय कम्पनी आइजो र भ्याक्सिनोभा इन्टरनेशनलका उत्पादनहरुको जानकारी दिने उद्देश्यले सेमिनारहरुको आयोजना गरेको छ।

भेटेरिनरी डाक्टर, ह्याचरी उद्यमी तथा पोल्ट्रीका ठूला फार्म सञ्चालकलक्षित सो सेमिनारका अवसरमा कम्पनीका दुई वटा भ्याक्सिन(आइजोभ्याक सिएचबी र भ्याक्सोन एमजी लाइभ)हरुको बिक्री सुरु गरिएको थियो। पोल्ट्रीको राजधानी चितवन र काठमाडौंमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा नेपालमा यी भ्याक्सिनहरुको बिक्री सुरु भएको घोषणा गरिएको थियो। कम्पनीको बैंककस्थित एशिया कार्यालयका कमर्शियल मेनेजर एण्ड्रिया सोर्तिनो र टेक्निकल मेनेजर डा. लुडियो मार्टिन्सले भ्याक्सिन र यसको प्रभावकारिताबारेमा प्रशिक्षण दिएका थिए।

यस्तै, भेटेरीनरी औषधिहरुको आयातकर्ता बिग बी भेट ट्रेडिङले अष्ट्रियास्थित बहुराष्ट्रिय कम्पनी बायोमिन होल्डिङसँगको सहकार्यमा चितवन र काठमाडौंमा ‘माइकोटक्सिन एकेडेमी’ सञ्चालन गरेको छ। यस एकेडेमीअन्तर्गत कुखुरापालनमा पछिल्ला वर्षहरुमा देखा परेको ‘माइकोटक्सिन’ समस्या र यसले कुखुरामा उत्पन्न गराउने नकारात्मक असरहरुको रोकथामका उपायहरुबारेमा प्रशिक्षण प्रदान गरेको छ।

प्रकाशित: ५ फाल्गुन २०७५ ०४:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App