९ मंसिर २०८१ आइतबार
image/svg+xml

मदिरा सेवन गरेर बाबुको हत्या

जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ मा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । कनकासुन्दरी ४ का ३५ वर्षीय ऐनबहादुर शाहीले आफ्नै बुवा ७५ वर्षीय दानबहादुर शाहीको हत्या गरेका हुन् ।

मदिराको ट्रकसहित जनकपुरबाट एक पक्राउ

जनकपुरबाट ठूलो परिमाणमा मदिरा सहित प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । लकडाउनमा सरकारले मदिरा जन्य पदार्थको ओसार पसार तथा विक्री बितरणमा प्रतिबन्ध लगाएको अवस्थामा १२ लाख बढी मूल्य बराबरको मदिरा सहित प्रहरीले मदिरा मगाउने जनकपुरधाम उपमहानगरपालिका—४ बस्ने ३६ वर्षीय उमेश मण्डलाई पक्राउ गरेको हो।

मदिरा र घरझगडाले आगलागी बढ्यो

पछिल्लो चार महिनामा मात्रै बागलुङमा आगलागीका तीन घटना भए। गत फागुन, चैत तथा यही जेठमा घरगोठ नै मासिने गरी भएका ती घटनाको कारण थियो– अधिक मदिरा सेवन र घरझगडा।

मदिरा तस्करबाटै लखेटिए डिआईजी कार्यालयका हवल्दार

लकडाउनको मौका छोपेर प्रहरीकै संलग्नतामा यति खेर सप्तरीका सीमा नाकाहरुमा मदिरा तस्करहरु खुलेआम सक्रियता वढाउन थालेका छन् । कोरोना भाईरस(कोभिड–१९)को जोखिम न्यूनिकरणका निम्ती पछिल्लो डेढ महिना लामो समयदेखि मुलुक लकडाउनको अवस्थामा छन् ।

विषाक्त मदिराले मृत्यु हुनेको संख्या १२

विषाक्त मदिरा सेवनले भँगाहा सीतापुर नगरपालिकामा मृत्यु हुने क्रम रोकिएको छैन ।  आइतबार पनि थप एकजनाको मृत्यु भएको छ ।

‘महोत्तरीमा १२ जना मृत्युको कारण विषालु मदिरा सेवन’

महोत्तरीको भगाँहा नगरपालिकामा अज्ञात कारणले मृत्यु भनिएकाहरुले विषाक्त मदिरा सेवन गरेको प्रारम्भिक अध्ययनमा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

एम्बुलेन्समा कर्मचारी, दूध बोक्ने गाडीमा मदिरा

जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिरामी बोक्ने एम्बुलेन्समा निजी अस्पतालका कर्मचारी ओसारेको पाइएपछि नियन्त्रणमा लिएको छ।

धनुषामा अझै खुलेआम मदिरा बेचिँदै

धनुषामा घरेलु मदिरा सेवनबाट २१ जनाको मृत्यु हुँदा पनि घरेलु मदिरा बिक्री रोकिएको छैन। चैत १ यता प्रहरीले जिल्लाभर भट्टी नष्ट गर्ने अभियान चलाए पनि ग्रामीण क्षेत्रका हाटबजार र होटलमा घरेलु मदिरा किक्री–वितरण भइरहेको हो। ‘वर्षौंदेखि घरेलु मदिरा भट्टी चलिरहेकै छ।

विषाक्त मदिरा कहरः मृतकको संख्या २१ पुग्यो, त्रासमा गाउँले

दिनभर बच्चाको कोलाहल र मदिराले लठ्ठिएकाहरूको हल्लाले गुन्जिरहने रमदैयाको मुसहरी टोल सुनसान छ। एक साता यता एकपछि अर्को मृत्युका घटनाले टोलमा सबै त्रसित छन्। डरले कतिपयले घर छोडेर आफन्तको गाउँमा बस्न पुगेका छन्, भने अधिकाशं मृतक परिवारलाई सान्तवना दिन घरमै बसिरहेका छन्।

विषाक्त मदिराबाट मृत्यु हुनेको संख्या १८ पुग्यो

आइतबार बिहान मृत्यु भएका जनकपुर–७ मुसहरीका जितेन्द्र सदा पेट दुख्ने, बान्ता हुने गर्न थालेपछि उपचारार्थ शनिबार प्रादेशिक अस्पताल पुगेका थिए। तर चिकित्सकले ‘आत्तिनुपर्ने केही छैन,’ भन्दै सामान्य औषधि दिएर घर फर्काएका थिए।

विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १७ पुग्यो, दुई दर्जन बढी अस्पताल भर्ना

धनुषामा विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका १ र २ रमदैयामा घरेलु मदिरा सेवनबाट १३ जनाको र जनकपुरधाम उपमहानगरपालिका—७ मुसहरी टोलका ४ जनाको मृत्यु भएको हो।

मदिराको मात

नेपालमा त्यही वर्ष मदिराका कारण ३ हजार ९७२ जनाको मृत्यु भएको पनि उल्लेख छ। यसबाट मदिरा कसरी कालको नयाँ अवतारका रूपमा बिगबिगी मच्चाइरहेको छ भन्ने पुस्टिन्छ।

मृत्यु हुनेको संख्या ९ पुग्यो, ७ जना सिकिस्त, मदिरा बेच्ने ७ पक्राउ

होलीको अवसरमा विषाक्त मदिरा सेवनबाट धनुषामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। क्षिरेश्वरनाथ नगरपालिका–१ र २ रमदैयास्थित विषाक्त घरेलु मदिरा सेवनबाट ९ जनाको मृत्यु भएको छ भने ७ जना सिकिस्त विरामी परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्