coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मदिरा सेवन गरेर बाबुको हत्या

जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ मा आफ्नै छोराले बाबुको हत्या गरेका छन् । कनकासुन्दरी ४ का ३५ वर्षीय ऐनबहादुर शाहीले आफ्नै बुवा ७५ वर्षीय दानबहादुर शाहीको हत्या गरेका हुन् । मदिरा सेवन गरेर घरमा आएपछि बुवालाई कुटपिट गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।  

परिवारमा भएको विवादका बारेमा कुनै जानकारी आइसकेको छैन । प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले भने,‘ लागुऔषध खाने, जाँडरक्सी सेवन गरेर दैनिक घरमा आउने गरेको आफन्तको भनाई छ । रक्सी खाएको बेला रिसको आवेगमा आएर बाबुको हत्या गरेको प्रारम्भिक अनुसन्धानले बताउँछ ।’ बाबुको हत्या गर्ने ऐनबहादुर अहिले प्रहरी नियन्त्रणमा छन् ।

साउन ११ गते राति हत्या गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । घटनापछि घाइते भएका बाबुलाई उपचारको लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा मृत्यु भएको थियो । कर्णाली प्रतिष्ठानबाट शव आफन्तले बुझिसकेका छन् ।

बाबुको हत्या गर्ने ऐनबहादुरलाई नियन्त्रण गर्न प्रहरी निरीक्षक देवराज भट्टराईको टोली घटनास्थल पुगेको थियो । मृतक शाहीको टाउको, आँखा र कोखामा चोट लागेको छ । मृतक शाही पूर्व नेपाल प्रहरीका असई भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित: १३ श्रावण २०७७ ०७:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App