८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

दुई दिनमा ३३ भट्टी नष्ट

जनकपुर – विषाक्त घरेलु मदिरा सेवनले धनुषामा १७ जनाको मृत्यु भएको घटनापछि प्रहरीले भट्टी नष्ट गर्ने अभियान चलाएको छ। शनिबारदेखि थालेको यो अभियानका क्रममा आइतबारसम्म ३३ वटा भट्टी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। प्रहरी निरीक्षक अशोक झाका अनुसार शनिबार २२ वटा र आइतबार ११ वटा भट्टी नष्ट गरिएको हो।

उनका अनुसार भट्टी नष्ट गर्ने क्रममा प्रहरीले शनिबार आठ हजार दुई सय ३२ लिटर कच्चा पदार्थ, दुई हजार तीन सय ८४ लिटर तयारी मदिरा र आइतबार तीन हजार नौ सय ५० लिटर कच्चा पदार्थ र तीन सय ८५ लिटर तयारी मदिरा प्रहरीले नष्ट गरेको छ। त्यसैगरी शनिबार घरेलु मदिरा बनाउने सानो मेसिन चार थान, प्लास्टिक, तामा, सिलवर, माटोका भाँडाकुँडा एक सय ५२ थान नियन्त्रणमा लिइ नष्ट गरिएको र एक सय ४४ थान प्लास्टिक, तामा र सिलवरका भाँडाकुँडा नियन्त्रणमा लिइएको उनले बताए। आइतबार ७९ थान भाँडाकुँडा र दुई थान मेसिन प्रहरीले नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार घरेलु मदिरा उत्पादन र बिक्री गर्ने सातजनालाई नियन्त्रणमा लिई अनुसन्धानसमेत भइरहेको छ।

प्रकाशित: ३ चैत्र २०७६ ०२:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App