३ आश्विन २०८१ बिहीबार
image/svg+xml

सामग्री अभाव हुँदा क्वारेन्टिन व्यवस्थित गर्न सकेनौँ : कानूनमन्त्री

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बजारमा सामग्री अभाव हुँदा मापदण्डअनुसार क्वारेन्टिन बन्न नसकेको बताएका छन्।

पोखरामा पाँच हजार कोठाको क्वारेन्टिन तयारी

कोरोना भाइरस संक्रमणको चपेटामा परेर विभिन्न मुलुकबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई क्वारेन्टिनमा राख्न पोखराका होटलसँग पाँच हजार कोठा माग गरिएको छ। सरकारले पोखरा महानगरपालिकालाई होटलमा पाँच हजार कोठा व्यवस्थापन गर्न जिम्मा दिएको हो।

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ पुग्यो

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । बिहीबार थप एक जनामा कोरोना संक्रमण पोजेटिभ भएसंगै कोरोना संक्रमितको संख्या ४ पुगेको हो ।

जुम्लाका क्वारेन्टिनमा भद्रगोल

झण्डै एक महिनाअघि जुम्लाका हरेक स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिन मापदण्डअनुसार नभएको भन्दै अधिवक्ता पदमबहादुर शाहीले उच्च अदालतमा रिट हाले ।

होटलको क्वारेन्टिनमा मनीषा कोइराला

अभिनेत्री मनीषा कोइराला राजधानीको एक होटलमा १४ दिने क्वारेन्टिनमा बसेकी छिन् । स्थलमार्गबाट रूपन्देहीको बेलहिया नाका हुँदै मंगलबार नेपाल प्रवेश गरेकी उनी आमा र बुबासहित क्वारेन्टिनमा बसेकी थिइन् ।

क्वारेन्टिनबाट घर गएका युवकको मृत्यु

१४ दिन क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकको सुर्खेतमा मृत्यु भएको छ । जेठ आठ गते भारतको मुम्वईबाट आएका पञ्चपुरी नगरपालिका–१ हाँसेगाउँका २० कृष्ण तारामीको बिहीबार विहान मृत्यु भएको हो ।

क्वारेन्टिनबाट घर फर्केका युवकको मृत्यु

पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको हो ।

क्वारेन्टिनभन्दा खत्तम आइसोलेसन

संक्रमित युवकका अनुसार उनलाई न ज्वरो आएको छ, न सास फेर्न गाह्रो भएको छ। कोरना भाइरस पोजेटिभ भन्दै अस्पतालमा ल्याएर थुनिएको छ।

क्वारेन्टिनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

क्वारेन्टिनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। मृतक महिलासँगै रहेका अन्य चार जनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।

वडाध्यक्ष नै क्वारेन्टिनमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका वडाध्यक्षलाई क्वारेन्टिनमा राखिएको छ। झापाबाट आएका एक व्यक्तीलाई मंगलबार क्वारेन्टिनमा राख्नेक्रममा सोही व्यक्तीको संसर्गमा पुगेका कारण वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई पनि बुधबारदेखि क्वारेन्टिनमा राखिएको हो।

जोखिम निम्त्याउँदै क्वारेन्टिन

संघीय सरकारले क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन मापदण्ड बनाए पनि स्थानीय तहले आफूखुसी क्वारेन्टिन निर्माण गरी मानिस राख्नाले ज्यान नै जोखिममा पर्ने खतार बढेर गएको छ।

क्वारेन्टिनभित्र ‘मूर्ति मानव !’

सरकारी मापदण्ड अनुसारको न्यूनतम सुविधा बारे जानकार नहुँदा पनि गाउँका क्वारेन्टिनमा स्थानीय ‘मूर्ति मानव’ जस्तै बसिरहेका छन् । सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय ४० स्थानमा निर्माण गरिएका क्वारेन्टिनमा अहिलेसम्म ५४ हजार ७ सय ५७ जना मानिस आश्रय लिइरहेका छन् ।

‘क्वारेन्टिनमा हराउँदै मानवता’

जुम्लाको कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा बसेकाले क्वारेन्टिनमा मानवता नभेटिएको बताएका छन् ।

डडेल्धुराको क्वारेन्टिनमा महिलाको मृत्यु

डडेल्धुराको क्वरेन्टिनमा बसेकी एक महिलाको मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका–२ की ३० वर्षीया सबिता बिककोे मृत्यु भएको हो।

क्वारेन्टिनमा गम्भीर लापरबाही: कोरोना सार्दै तास, सुर्ती र मोबाइल

सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता क्याम्पसको क्वारेन्टिनमा बसेका १७ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ। यसै क्वारेन्टिनका ५ जनामा सोमबार संक्रमण पुष्टि भएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्