४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

वडाध्यक्ष नै क्वारेन्टिनमा

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका वडाध्यक्षलाई क्वारेन्टिनमा राखिएको छ। झापाबाट आएका एक व्यक्तीलाई मंगलबार क्वारेन्टिनमा राख्नेक्रममा सोही व्यक्तीको संसर्गमा पुगेका कारण वडाध्यक्ष ज्ञानबहादुर पुरीलाई पनि बुधबारदेखि क्वारेन्टिनमा राखिएको हो। झापाबाट आएका व्यक्तीलाई क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउनेक्रममा मोबाईल हराएको र खोज्नेक्रममा क्वारेन्टिनमा राखिएका व्यक्तीले चलाइरहेको मोबाईल छोएकाले वडाध्यक्षलाई पनि क्वारेन्टिनमा राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।  

हराएको मोबाईल खोज्नेक्रममा वडाध्यक्ष पुरीले क्वारेन्टिनमा राखिएका व्यक्तीको मोबाईल छुन पुगेको जानकारी आएपछि उनलाई पनि क्वारेन्टिनमा राख्न भनिएको नगरपालिकाले जनाएको छ। ‘झापाबाट आएका व्यक्तीलाई क्वारेन्टिनमा राख्नेक्रममा वडाध्यक्षको मोबाईल हराएछ, खोज्नेक्रममा त्यही क्वारेन्टिनमा राखिएको व्यक्तीको मोबाईल हेरौं भन्दै छुन पुगेछ,’ मेयर राईले भने, ‘वडाध्यक्ष क्वारेन्टिनमा राखिएका व्यक्तीसँगको संसर्गमा पुगेको जानकारी आएपछि क्वारेन्टिनमा राख्न लगाइएको हो। नियम सबैलाई बराबर हुन्छ। म चैं क्वारेन्टिनमाम बस्दिन भन्ने कुरै हुन्न।’ हराएको मोबाईल खोज्नेक्रममा वडाध्यक्ष पुरी क्वारेन्टिनमा बस्ने व्यक्तीसँगको संसर्गमा पुगेको भन्दै वडामै कार्यरत स्वास्थ्यकर्मीले मेयर राईलाई जानकारी गराएका थिए। कतिपय स्थानीयले क्वारेन्टिनमाम राख्नुपर्ने आवाज उठाउन थालेपछि पनि वडाध्यक्षमाथि क्वारेन्टिनमा बस्नुपर्ने दवाव सिर्जना भएको थियो।  

मंगलबार सर्वदलीय बैठक राखेर नेपालभित्रबाट आएका नागरिकलाई सरस्वती माबि अर्खौैलेको क्वारेन्टिनमा राख्ने तथा अन्य देशबाट आएका नागरिकलाई भने छुट्टै स्थानमा राख्ने निर्णय गरिएको वडा कार्यालयले जनाएको छ।  

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक २० वर्षीय युवालाई कोरोना संक्रमण भएको पूष्टी भइसकेको छ। उनको कोसी अस्पताल कोभिड उपचार केन्द्र बिराटनगरमा उपचार भइरहेको छ। 

प्रकाशित: २२ जेष्ठ २०७७ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App