२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भारतमा एकैदिनमा ११ हजार ५०० भन्दा बढी संक्रमित, कुल संक्रमित तीन लाख ३२ हजार नाघे

भारतमा एक दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन्। यद्यपी शनिबारको तुलनमा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ।

सर्लाहीका महत्वपूर्ण सरकारी कार्यालय खुलेनन्

सर्लाहीका महत्वपूर्ण सरकारी कार्यालयहरु आज (सोमबार) बाट पनि खुलेनन्। नेपाल सरकारले मुलुकभरका सबै सरकारी कार्यालय दुई ‘सिफ्ट’मा संचालन गर्ने निर्णय गरेपनि जिल्ला प्रशासन कार्यालय मलंगवारले सोमबार एक सूचना जारी गरी सर्लाही भित्रका ९ वटा महत्वपूर्ण सरकारी कार्यालयबाट अर्को आदेश वा निर्णय नभएसम्मका लागि सेवाप्रवाह नहुने जानकारी दिएको छ।

कोरोना प्रकृतिको चेतावनी

प्रकृतिले सह्यो, सारै सह्यो। प्राणी–मान्छेलाई जति भए पनि पुगेन। मान्छेले प्रकृतिलाई निरावरण बनाउने दुःसाहस गर्न लाग्यो।

भारतमा एकैदिनमा ११ हजार जना संक्रमित, कुल संक्रमित तीन लाख नाघे

भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ। शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या सार्वजनिक भएको छ।

सरकारले सार्वजनिक गर्याे १० अर्बकाे खर्च विवरण, कुनमा कति ?

सरकारले काेराेना रोकथाम, नियन्त्रण र उपचारमा खर्च गरेकाे भनिएकाे १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्नदेशभर युवाहरु प्रदर्शनमा उत्रिएपछि सरकारले शनिबार खर्च विवरण सार्वजनिक गरेकाे छ । सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो ।

३ सय ५६ जना कोरोना संक्रमित विद्यालयमै

जेष्ठ पहिलो साता भारतमा खुलेको रेल सेवासंगै घर फर्किएहरुलाई दैलेखका विभिन्न विद्यालयमा उनीहरुलाई कोचाकोच राखियो। जसले गर्दा कोरोना भाइरस उच्च जोखिमका कारण संक्रमित ह्वातै बढे। अहिले त्यो संख्या दैलेखमा मात्र ३ सय ८६ जना पुगेको छ।

सँधै ढिलो आउँछ डब्लुएचओको सुझाव

विश्व स्वास्थ्य संगठनले आम मानिसले मास्क लगाउनुपर्ने सुझाव गत शुक्रबार मात्र सार्वजनिक ग-यो जब कि अधिकांश वैज्ञानिक तथा सरकारले मास्क लगाउन महिनौंअघि नै सुझाइसकेका थिए।

‘कोरोनालाई भन्दा समाजको गलत बुझाइलाई चिर्न बढी चुनौती’

म बाँकेको राप्तीसोनारी गाउँपालिका–८ को जनप्रतिनिधि (वडाअध्यक्ष) हुँ । कोरोना भाइरसको महामारीका कारण जब लकडाउन घोषणा भयो, त्यसपछि म आफ्नो वडाभित्र रहेका अति गरिब तथा विपन्न परिवारलाई राहत वितरणको काममा खटिएँ । हामी कोरोनाविरुद्ध अभियानमै रहेका बेला भारतमा अलपत्र परेका हाम्रै गाउँपालिकाभित्रका दाजुभाइ घर फर्किन थाल्नुभयो ।

आइसोलेसनमा लापरबाही, संक्रमित भागेपछि त्रास

आइसोलेसनमा बसिरहेका बाँकेका एक संक्रमित सोमबार राति फरार भए । जानकी गाउँपालिका–१ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँको आइसोलेसनमा बसिरहेका ३५ वर्षीय पुरुष फरार भएका हुन् । उनी मंगलबार बेलुकीसम्म पनि फेला परेनन् । नेपालगन्ज उपमहानगरपालिका–१२ स्थित कोरियनपुर निवासी संक्रमित सोमबार राति सुरक्षाकर्मीको आँखा छलेर फरार भएका थिए ।

२४ घण्टामा थपिए ३ सय २३ जना संक्रमित, कूल संख्या ४ हजार नाघ्यो

मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय २३ कोरोना संक्रमित थपिएका हुन्।

'हे सरकार! असक्षमता हात धोएर निको हुँदैन!'(फोटो फिचर)

प्रधानमन्त्री निवास बालुवाटार नजिक प्रदर्शन गर्ने समूहमाथि प्रहरीले पानीको फोहरा प्रहार गरेको छ। कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर रहेको भन्दै सरकारलाई दबाव दिन प्रदर्शनमा उत्रेका युवाहरुको समूहलाई प्रहरीले लाठी समेत चार्ज गरेको छ।

गण्डकी प्रदेशका क्वारेन्टिन भरिदै

गण्डकी प्रदेशका क्वारेन्टिन भरिभराउ हुन थालेका छन् । विदेशबाट घर फर्कनेको संख्या बढेसँगै प्रदेशका क्वारेन्टिन भरिन लागेका हुन् । गण्डकी प्रदेशमा कुल ८ हजार २ सय ७९ वेड क्षमताको क्वारेन्टिन रहेका छन् ।

दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु आजबाट खुले

गएको करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरुका साथै मठमन्दिरहरु आजदेखि खुलेका छन्। भारत सरकारले आजदेखि यहाँका मन्दिरहरु खुल्ने भनी जानकारी दिएको छ।

कोरोना भाइरसबाट विश्वमा ४ लाखभन्दा बढीको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६ हजार २०७ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ७० लाख ९२ हजार ९१९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्