५ आश्विन २०८१ शनिबार
image/svg+xml
विचार

‘सामाजिक दूरी’ कति प्रभावकारी?

के हो सोसल डिस्टेन्सिङ अर्थात् सामाजिक दूरी ?

प्रा.डा. प्रवीण मिश्र /  डा. रामदेव पण्डित

सोसल डिस्टेन्सिङ, प्राणघातक संक्रमण नियन्त्रण गर्न गरिने संगठित क्रियाकलाप हो। जसअन्तर्गत संक्रमणको फैलावटरोक्न वा घटाउन निश्चित क्षेत्रमानिश्चित समयका लागि व्यक्ति–व्यक्तिबीचको सम्र्पक घटाउन विविध वैज्ञानिक, सामाजिक एवं व्यावहारिक उपायअपनाइन्छ।  

सोसल डिस्टेन्सिङको प्रारम्भिक अवधारणा बेलायती चिकित्सक रोनाल्ड रोस र अमेरिकी चिकित्सक अल्फ्रेड लोट्का आदिले दिएका थिए। महामारीमा यसको पहिलो आधुनिक प्रयोग जर्ज म्याक डोनाल्डले सन् १९५२ मा स्कटलैन्डमा मलेरियाको संक्रमण रोक्नगरेका थिए।  

व्यक्ति–व्यक्तिबीचको प्रत्यक्ष सम्पर्क घटाउने विधिलाई सन् १९५२ ताका ‘सोसल डिस्टेन्सिङ’ (सामाजिक दूरी) भनिएको थियो। त्यसबेला सामाजिक सम्बन्धस्थापना गर्न व्यक्ति–व्यक्तिबीचको भेट अनिवार्य रूपमा अपेक्षित हुन्थ्यो। तर इन्टरनेट, सूचना प्रविधि तथा सामाजिक सञ्जालले ओतप्रोत आजको विश्वमाएकअर्कासँग भेटैनगरेर पनि विभिन्न खालका सामाजिक सम्बन्ध कायम गर्न सकिन्छ। यसफेरिएको सन्दर्भमा त्यस वाक्यांशको अर्थ पनि बदलिएको छ।अहिले सोसल डिस्टेन्सिङ अर्थात् सामाजिक दूरी कायम गर्नुभनेकोबहिष्करण भन्ने बुझिन्छ, जसलाई विभेदको एक स्वरूप मानिन्छ। अतः यस वाक्याशंको प्रयोग अहिले धेरैले रुचाउँदैनन् र उपयुक्त पनि होइन। अब सोसल डिस्टेन्सिङलाई भौतिक दूरी भनिनुपर्छ। यस लेखमा पनि सोसल डिस्टेन्सिङलाई भौतिक दूरी नै भन्न खोजिएको छ।

सोसल डिस्टेन्सिङ किन?
सोसल डिस्टेन्सिङको उद्देश्य भनेको संक्रमित र स्वस्थ व्यक्तिबीचकोसम्पर्क घटाउनु हो। जसले गर्दा संक्रामक रोग अरूमा नसरोस्, संक्रमितको संख्या नबढोस् र मृत्यु नहोस्। जब संक्रमण श्वासप्रश्वास(रुघा वा खोकी),प्रत्यक्ष सम्पर्क (यौन सम्पर्कसमेत), अप्रत्यक्षसम्पर्क (संक्रमितले प्रयोग गरेका वस्तु), हावा (हावामा जीवाणु धेरैबेर बाँच्ने) बाटरोग सर्नेहुँदासोसल डिस्टेन्सिङ अत्यन्त प्रभावकारी देखिएको छ।  

सीमा सिल गर्दा र आन्तरिक यात्रा ९९ प्रतिशत रोक्दा महामारी २ देखि ३ हप्तासम्म पर सरेको पाइएको छ।

ऐतिहासिक रूपमा मध्य युगतिर कुष्ठरोगको महामारीबाट बच्न युरोप र भारतीय महाद्वीपमा सोसल डिस्टेन्सिङकारूपमा लेपर कोलोनी, लेप्रोसार्योम वा लेजर हाउस बनाउने चलन थियो। सन् १५९२ ताकाको प्लेग महामारीबाट बच्न काठे कुटी ‘लाजारेट्टी’ बनाउने गरिएको थियो। प्लेग र कुष्ठ फैलिने माध्यमको जानकारी र प्रभावकारी उपचार आविष्कार नहुँदासम्म यी विधिप्रयोगमा थिए।

महामारी रोग विज्ञानको दृष्टिकोणअनुसार सोसल डिस्टेन्सिङको मुख्य उद्देश्य भाइरसको आधारभूत प्रजनन संख्या घटाउनु हो।  

सोसल डिस्टेन्सिङ कसरी ?
सोसल डिस्टेन्सिङका विधिमा शैक्षिक संस्थाबन्द गर्नु, अत्यावश्क सेवा दिनेबाहेक सबै सरकारी एवं गैरसरकारी कार्यालय बन्द गर्नु (वर्क फ्रम होम), संक्रमण फैलिएको वा फैलिने सम्भावना रहेका बस्तीलाई सबैतिरबाट सिल गर्नु, स्वस्थ क्षेत्र र संक्रमित क्षेत्रबीच सम्पर्क विच्छेद गर्नु, संक्रमित÷शंकास्पद व्यक्तिलाई क्वारेन्टिन(होम वा हस्पिटल) तथाआइसोलेसनमा राख्नु, सबै खालेराजनीतिक, धार्मिक, मनोरञ्जनात्मक कार्यक्रम÷अनुष्ठानमा बन्देज लगाउनु, खेलकुद, यात्रा एवं यातायात रोक्नु, व्यक्ति–व्यक्ति भेटघाटमा समेत रोक लगाउनु (इलेक्ट्रोनिक साधनका माध्यमबाट मात्र सम्पर्क गर्ने)आदि पर्छन्। सन् २०२० मा कोभिड–१९ को संक्रमणबाट बच्न हात मिलाउनुको सट्टा नमस्ते गर्ने चलन चलाउनु सोसल डिस्टेन्सिङको पछिल्लो प्रयोग हो।  

‘सामाजिक दूरी’को प्रभावकारिता  
जब कुनै सरुवा रोग फैलिरहेको खबर आउँछ, तब मान्छेले स्वाभाविक रूपमा आफ्नो व्यवहार बदल्नथाल्छ। भेटघाट घटाउँछ, सरसफाइमा ध्यान दिन्छआदि। यस्तो अवस्थामा जब सोसल डिस्टेन्सिङको विधि अपनाइन्छ, तब त्यो फलदायी हुन्छ। तर  आर्थिक रूपमा धेरै घाटा गराउँछ। अध्ययनका अनुसार सोसल डिस्टेन्सिङकडा रूपमा पालन नगरेसम्म अपेक्षित उपलब्धि प्राप्त हुँदैन।  

सन् १९१८ मा फ्लुको संक्रमणफैलिँदा फिलाडेल्फिया र सेन्ट ल्युसमा सोसल डिस्टेन्सिङपालना गराउन स्कुल तथा सामाजिक भेला बन्द गराइएका थिए। फिलाडेल्फियामा सोसल डिस्टेन्सिङ लागू गराउन५ दिन ढिला भएको थियो। जसले गर्दात्यहाँतीनदेखि पाँच दिनभित्रै संक्रमितको संख्या दोब्बर देखिएको थियो। तर सेन्ट ल्युसमा समयमै सोसल डिस्टेन्सिङका विधि अपनाउँदा संक्रमण दर घटेको थियो।  

सोसल डिस्टेन्सिङको उद्देश्य भनेको संक्रमित र स्वस्थ व्यक्तिबीचको सम्पर्क घटाउनु हो। जसले गर्दा संक्रामक रोग अरूमा नसरोस्, संक्रमितको संख्या नबढोस् र मृत्यु नहोस्।

सोसल डिस्टेन्सिङका लागि स्कुल, कलेज बन्द गर्दा संक्रमण हुने क्रम नबढेको पाइएको छ। तर यसको प्रभावकारिता तब मात्र देखिन्छ, जब विद्यार्थीस्कुल, कलेज बाहिर पनि यो नियम पालना गर्छन्।डिस्टेन्सिङका लागि स्कुल, कलेज बन्द गर्दा सन् १९५७–५८ मा भएको फ्लुको संक्रमण दर ९० प्रतिशतघटेको थियो।  सन् २००४ देखि २००८ सम्म अमेरिकामा फैलिएको इन्फ्लुएन्जाको महामारीमा सोसल डिस्टेन्सिङका लागि स्कुल, कलेज बन्द गर्दासंक्रमण ५० प्रतिशत नियन्त्रणमा आएको थियो। त्यस्तै सन् २००९ मा बेलायतमा भएको स्वाइनफ्लुको संक्रमणमा पनि यो विधि अपनाउँदाप्रभावकारी भएको थियो। र, यसैबीचमा खोप आविष्कार गर्न पनि समय मिलेको थियो।  

सन् २०१०मा अमेरिकामा भएको एक अध्ययनअनुसार सोसल डिस्टेन्सिङका लागि प्रभावित १० प्रतिशत कार्यालयबन्द गर्दा संक्रमण फैलिने दर ११.९ प्रतिशत थियो भने ३० प्रतिशत कार्यालय बन्द गर्दा यो दर ४.९ प्रतिशतमा झरेकोे थियो।  

सन् २००३मा सिंगापुरमा सार्सको संक्रमण फैलिँदा सोसल डिस्टेन्सिङका लागि  ८ हजार मान्छेलाई होम क्वारेन्टिनमा राखिएको थियो र ४ हजार ३ सय जनालाई सहज क्वारेन्टिनमा बस्न भनिएको थियो। यसो गर्दा ५८ जनालाई मात्र संक्रमण भएको थियो।  

सन् २००३मा क्यानडामा सार्स संक्रमण फैलिएका बेला सोसल डिस्टेन्सिङका लागि सामुदायिक क्वारेन्टिन लागू गरिएको थियो। जसले संक्रमण रोक्न मध्यम खालको प्रभावकारिता देखाएको थियो।

सन् १९१८ मा इन्फ्लुएन्जाको संक्रमण फैलिँदा गुनिसन र करोलाडो सहरलाई सोसल डिस्टेन्सिङका लागि २ महिना बन्दाबन्दी गरिएको थियो। जसले गर्दा त्यहाँ कसैको मृत्यु भएन।  

सन् १९१८ मा  इन्फ्लुएन्जा संक्रमण फैलिदा फिलाडेल्फिया र बोस्टनको सेनालाई संक्रमणको माध्यम ठानेर सोसल डिस्टेन्सिङका लागि उनीहरू र नागरिकबीच हुने सामाजिक कार्यक्रममा रोक लगाइएको थियो। जसले सामान्य खालको प्रभाव देखाएको थियो।  

सीमा सिल गर्दा र आन्तरिक यात्रा९९ प्रतिशत रोक्दा महामारी २ देखि ३ हप्तासम्म पर सरेको पाइएको छ। सन् २००३को सार्स संक्रमणका बेला ऐयरपोर्टको सिलिङ प्रभावकारी देखिएको थियो। नर्थइस्र्टन युनिभर्ससिटिद्वारा सन् २०२० मार्चमा प्रकाशित एक अध्ययनअनुसार चीनको वुहान सहरमा सबै आन्तरिक यात्रा रोक्दा संक्रमण ३ देखि ५ दिनसम्म पर सरेको थियो। र, संक्रमणको अन्तर्राष्ट्रियकरण ८० प्रतिशतसम्मरोकिएको देखाएको छ।  

फ्लाटनिङ द कर्भ
धेरै देशमा कोभिड–१९को संक्रमण दर उच्च छ। तर स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र स्वास्थ्यसामग्री÷उपकरण सीमित मात्र छन्। तसर्थअहिलेफ्रेज ‘फ्लाटनिङ द कर्भ’ जनस्वास्थ विज्ञ एवं महामारी विशेषज्ञको चर्चितफ्रेज हो। फ्लाटनिङद कर्भ भनेको बढीभन्दा बढी सुरक्षात्मक विधिप्रयोग गरेर अहिलेको महामारी संक्रमण कोभिड–१९ को संक्रमण दरघटाउनु हो। यसरी संक्रमण घट्दै जाँदा सबै संक्रमितलाई क्रमिक रूपमा बचाउन आवश्यक स्वास्थ्य सेवा पर्याप्त हुनेछ। सबैलाई बचाउन सकिन्छ।

‘सामाजिक दूरी’का नकारात्मक पक्ष
सोसल डिस्टेन्सिङको नराम्रो पक्ष भनेको यसले मानिसमा एक्लोपन ल्याउँछ, उत्पादकत्व घटाउँछ र भेटघाटबाट हुने भावनात्मक फाइदाबाट मानिसलाई वञ्चित गर्छ। लामो समयको सोसल डिस्टेन्सिङबाट हुने एक्लोपनाले तनावका साथै गम्भीर मानसिक समस्या जस्तै: डिप्रेसन, अब्सेसिभ कम्पल्सिभ डिसअर्डर, एङजाइटी, पारानोइया आदि उत्पन्न गराउँछ।
(डा. मिश्रपूर्वस्वास्थ्य सचिव हुन् भने डा.पण्डित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टरका चिकित्सक हुन्।)

प्रकाशित: २५ जेष्ठ २०७७ १५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App