१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml

यार्सागुम्बा चोरी संकलन गरिरहेको अवस्थामा १३ जना पक्राउ

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन क्षेत्रमा अवैध रुपमा यार्सागुम्बा संकलन गरिरहेका १३ जना पक्राउ परेका छन्।

यार्सागुम्बा सङ्कलन शुरु हुँदै

जिल्लाका हिमाली क्षेत्रमा यस वर्ष यही जेठ दोस्रो साताबाट यार्सागुम्बा सङ्कलन शुरु गरिने भएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जारी गरेको ‘यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिका–२०७३’ अनुसार जेठ दोस्रो साताबाट सङ्कलन शुरु गरिने भएको हो।

४ महिलासहित २० जना यार्सा तस्कर पक्राउ

उनिहरु यार्सापाटन खुला गर्ने समय अगावै अबैध रुपमा चोरी तस्करी गर्ने उद्येश्यले पाटनमा छिरेको पाइएकाले उनिहरुलाइ पक्राउ गरिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ।

यार्सागुम्बा संकलक फिर्ता

यार्सागुम्बा टिप्न पाटन भएका संकलकहरू घर फिर्ता हुन् थालेका छन्। विगतका वर्षभन्दा यस वर्ष यार्सा कम पाइन थालेपछि उनीहरू घर फिर्ता हुन थालेका हुन्।

रक्सीसँग यार्सा सटही

संकलकले यार्सागुम्बा मदिरासँग साट्ने गरेको पाइएको छ। मदिरा व्यापारीले पनि मौकाको फाइदा उठाउँदै कालोबजारी गर्न थालेका छन्। व्यापारीले सर्वसाधारण संकलकबाट यार्सागुम्बा हात पार्न र नाफा कमाउन लेकमा मदिरा लगेर बेच्ने गरेका हुन्।

विद्यालय बन्द, शिक्षक–विद्यार्थी लेकमा

यतिबेला यार्सागुम्बा संकलनमा व्यस्त देखिन्छिन् काँडा मावि कक्षा–९ मा अध्यरत कल्पना बोहरा। पढाइ होइन, यार्सागुम्बा कति र कसरी संकलन गर्ने भन्ने चिन्ताले सताइरहेको उनी बताउँछिन्।

यार्सा टिप्न जान बालबालिकालाई रोक

जिल्लाको पातारासी गाउँपालिकाले यार्सा संकलनका लागि पाटन जान बालबालिकालाई रोक लगाएको छ। बर्सेनि यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटनमा जान बालबालिकालाई रोक लगाएको पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताए।

बरामद यार्सा वन कर्मचारीले साटेको आरोप

डोल्पाबाट खरिद गरेर ल्याइएको १ करोड ३२ लाख रुपैयाँ बराबरको ६ किलो १ सय ग्राम बहुमूल्य जडीबुटी यार्सागुम्बा बाँके प्रहरीले गत भदौ १६ गते नेपालगन्ज विमानस्थलबाट बरामद ग-यो। यार्सासहित डोल्पाका व्यापारी सर्वणकुमार बुढा पक्राउ परे।

यार्सागुम्बा संकलनमा कमी, संकलक निराश

दार्चुलामा यसवर्ष यार्सागुम्बा उत्पादन तथा संकलनमा कमी आएको छ। बिगतका  वर्षहरूको तुलनामा यस वर्ष आधा मात्रै संकलन भएको यार्सा टिप्ने लेकबाट फर्केका संकलकहरूले बताएका छन्।

अवैधरुपमा ल्याइएको यार्सागुम्बा सहित तीन पक्राउ ‌

अवैध रुपमा बिक्री बितरणको लागि बोकेर हिडीरहेको अवस्थामा १ किलो यार्सागुम्बा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

यार्सागुम्बा सहित चार जना पक्राउ

चीनसँगको अन्तराष्ट्रिय व्यापारिक नाका रसुुवागढीबाट यार्सागुम्बा सहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ थुमनका ३१ वर्षीया इमान घले, २६ वर्षीया सुर्य बहादुर घले, २९ वर्षीया जिल बहादुर घले र नौकुण्ड गाउँपालिका–२ का १९ वर्षीया मंगले तामाङ रहेका छन्।

यार्सागुम्बासहित पक्राउ

संखुवासभा खाँदबारीबाट अवैध यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । शनिबार बिहान खाँदबारी बसपार्कबाट अवैध यार्सागुम्बासहित जुम्लाका सुन्दरी गाउँपालिका ७ बस्ने नरबहादुर रोकाया पक्राउ परेका हुन् ।

डोल्पामा ४९ यार्सागुम्बा तस्कर पक्राउ

डोल्पामा बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन मिति नजिकिँदै गर्दा धमाधम यार्सा तस्करहरु पक्राउ पर्न थालेका छन्। डोल्पाको जगदुल्ला गाउँपालिकामा पर्ने जगदुल्ला यार्सागुम्बा पाटनबाट अवैध रुपमा बहुमुल्य जडीबुटी यार्सागुम्बाको लुकिछिपी संकलन गर्न पुगेका ४९ जना यार्सा तस्कर पक्राउ परेका हुन्।

यार्सागुम्बाको अवैध संकलन गर्न पुगेका सात जना पक्राउ

हिमाली जिल्ला डोल्पामा बहुमूल्य जडीबुटी यार्सागुम्बाको अवैध रुपमा संकलन गर्न पाटन पुगेका सातजनापक्राउ परेकाछन्।

यार्सागुम्बा संकलन दस्तुरमा बृद्धि

हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनकालागि यसबर्ष देखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँच सय रकम तिर्नुपर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्