१२ असार २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीले बाँडे केयर नेपालको राहत

कैलालीमा २२ सय परिवार अझै घर फर्केनन्, बाढीपीडित क्षेत्रमा खानेपानीको अभाव, महामारीको जोखिम।

राहत सडक वरपर केन्द्रित, गाउँका पीडित भोकभोकै

बिहीबारदेखि रौतहटमा राहत वितरणले केही गति लिएको छ। सडक छेउछाउ र सहरी क्षेत्रमा बाढीपीडितले औषधि, उपचार र राहत पाएका छन्। ग्रामीण क्षेत्रका बाढीपीडित भने पाँच दिनदेखि एक छाक भात खान पाउने अवस्थामा छैनन्। सरकारले जिल्ला प्रशासन कार्यालयको समन्वयमा मात्र राहत वितरण गर्नुपर्ने नियम बनाएपछि मूल सडकभन्दा भित्रका बस्तीसम्म राहत पुग्न सकेको छैन।

बाढी पीडितलाई राहतको कमी हुन्न : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितलाई राहतको कमी हुन नदिने बताएका छन् । राहत वितरण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने उनको भनाई छ । नेपालगन्ज विमानस्थलमा बिहीबार पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले पूर्व र पश्चिम तराईको बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्न सरकारले विभिन्न संयन्त्र परिचालन गरिसकेको जानकारी दिए ।

तीज कार्यक्रम स्थगन गर्दै बाढीपीडितलाई राहत

तीज शुरु हुनु एक महिनाअघिदेखि तडकभडकका साथ पार्टी प्यालेस, होटलदेखि सडकसम्म कार्यक्रम गर्ने यहाँका विभिन्न राजनीतिक दल, सामाजिक सङ्घसंस्था यस वर्षको तीजमा कार्यक्रम स्थगन गरी उद्धार र राहतमा जुटेका छन्।

दाङका बाढीपीडितलाई राहत वितरण

तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा गठित प्रमुख विपद् व्यवस्थापन कोषमार्फत विभिन्न सङ्घसंस्थाले बाढीपीडितलाई विहीबार राहत वितरण गरेका छन्।

अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

भूकम्पपीडितलाई राहत वितरण र जीविकोपार्जनमा सहयोग पुर्‍याउन नुवाकोटमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था अक्सफामको गोदाममा रहेका राहत सामग्रीको म्याद गुज्रिएको छ।

उद्दार र राहतमा चाहिएको तदरुकता

पीडितको उद्दार र राहत वितरण पहिलो प्राथमिकतामा पर्नुपर्नेमा दुई मत हुनै सक्दैन। त्यसैले सरकारले आफ्ना सम्पूर्ण संयन्त्र प्रयोग गरेर प्रत्येक पीडितसमक्ष पुग्न सक्नु उसको दायित्व नै हुन आउँछ।

राहतमा राजनीतिक खिचातानी

'कुनै नेताले यो गाउँमा झार भन्छन्, अर्का नेताले त्यो गाउँमा झार भन्छन्', उनले भने, 'राहत सामग्री हेलिकोप्टरबाट झार्ने क्रममै विवाद छ। वितरणमा झन् ठूलो विवाद झिक्ने गरेका छन्।'

जनप्रतिनिधि नहुँदा राहत र उद्धारमा सकस

'झरीमा कष्टसाथ रात काट्न थालेेको चार दिन भयो। स्थानीय प्रशासक चढेको गाडी यहींबाट पटकपटक ओहोरदोहोर गर्छ तर कसैले एकमुठी पनि खानेकुरा दिएनन्।' तिलाठी कोइलाडी गाउँपालिका–५ का देवकुमार मुखियाको भनाइ हो यो। बाढीबाट विस्थापित उनको परिवार आफन्तले पठाएको त्रिपालमुनि हनुमाननगर–कुनौली बाँधको छेउमा भोकभोकै बस्दै आएको छ।

टोलमै जनप्रतिनिधि, ढोकामै राहत

गाउँगाउँमा जनप्रतिनिधि भएकै कारण बाढीपीडित हुन् वा उद्धार–राहतकर्ता दुवैले यसपटक पहिलेभन्दा सहज महसुस गरेका छन्।

रौतहटको आकाशमा दर्जन हेलिकोप्टर, राहत शून्य

बाढीले जिल्लाका करिब पाँच मान्छे प्रभावित भए पनि पीडितले अहिलेसम्म राहत पाउन सकेको छैनन्। नेता र मन्त्रीहरु हेलिकोप्टरमा निरीक्षण भ्रमणमा आए पनि तिनले सबै ठाउँमा राहात पुर्‍याउन सकेका छैनन्। गाउँमा अरबौँको क्षति भए पनि कुनै किसिमको राहत आउन नसकेको माधवनारायण गाउँपालिका, विशुनपुर्वा मानपुरका प्राविधिक सहायक राम विनोद मुखियाले बताए। आकाशमा दर्जनौँ हेलिकप्टर उडिरहेको पनि पीडित समक्ष राहत पुग्न नसकेको उनले सुनाए।

विपत्तीमा परेकालाई राहत वितरण गदैं कलाकार धुर्मुस

कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेको संस्था धुर्मुश–सुन्तली फाउण्डेशसनले पूर्वी तराईमा प्राकृतिक विपत्तीमा परेकालाईं प्रत्यक्ष भेटेर राहत वितरण थालेको छ।

सप्तरीमा हजारौं पीडित, छैन राहत

सप्तरीको डाक्नेश्वरी नगरपालिका–८का ६३ वर्षीय नथुनी रामको आइतबार बाढीमा डुबेर मृत्यु भयो। स्थानीय चरकैया खोलाको बाढीले बगाएर रामको मृत्यु भएको हो। घन्टौंसम्म खोजेपछि दुई किलोमिटर दक्षिणबाट रामको शव फेला पर्‍यो। घटनाको २४ घन्टापछि सोमबार बिहान प्रहरी उनको शव पोस्टमार्टमका लागि राजविराज ल्याउन त्यसतर्फ खटियो।

राहत वितरणमा ढिलाइ हुँदा पीडितको बिचल्ली

पशुपंक्षी विकासमन्त्री शन्तराम थारुको नेतृत्वमा बनियाभारको रामपुर, पदनाहा पञ्चजन्य उमावि, मधुवनको त्रिभुवन उमावि, सूर्यपटुवामा हेलिकोप्टरमार्फत सोमबार प्रारम्भिक  राहत वितरण गरिएको छ।

सरकारी राहत कोषमा द्ई अर्ब १२ करोड, बाढीपीडित भोकभोकै

सरकारी राहत कोषमा अर्बौं रुपैयाँ जम्मा भएर पनि बाढीपहिरोजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ छ। कोषमा देशभित्र र बाहिर रहेका विभिन्न समूह र सर्वसाधारणले दिएको रकम जम्मा भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्