१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सरकारी राहत कोषमा द्ई अर्ब १२ करोड, बाढीपीडित भोकभोकै

सरकारी राहत कोषमा अर्बौं रुपैयाँ जम्मा भएर पनि बाढीपहिरोजस्ता प्राकृतिक विपद्मा परेका जिल्लाका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन्। प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ छ। कोषमा देशभित्र र बाहिर रहेका विभिन्न समूह र सर्वसाधारणले दिएको रकम जम्मा भएको हो।

आफूखुसी राहत संकलन गरे कारबाही

बाढीपीडितका लागि राहत संकलन र वितरण गर्न सरकारी समितिसँग समन्वय गर्नुपर्ने, व्यक्ति वा संघसंस्थाले आफूखुसी सहयोग संकलन र वितरण गरे ठगी र चन्दा ऐनअन्तर्गत कारबाही गरिने।

बाढीको क्षति विवरण आउन सकेन, राहतको प्रतिक्षामा पीडित

बाढीले जिल्लाको अवस्था अत्यन्तै चिन्ताजक बनेको छ। जिल्लामा बाढीले पुर्याएको क्षतिको सम्पूर्ण विवरण आउन सकेको छैन।

बाढी पीडितहरु भोकको सन्त्रासमा, राहत बाँड्ने रोए

सोमबार दिउँसो २० बोरा चिउरा, १५ बोरा भुजा र हजार पोका चाउचाउ बोकेर पर्साको बाढी पीडित गाउँ भेंलहाँ पुगेका हरिनारायण रौनियारको आँखा रसायो । राहत वितरण गरिरहँदा उनी एक्कासी भक्कनिएर भीडभन्दा टाढा पुगे।

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँडेका छन्। जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उनले राहत बाँडेका हुन्।

राहत बाँड्न एनजिओलाई रोक, सरकारले अपनायो एकद्वार प्रणाली

सरकारले बाढी प्रभावित क्षेत्रमा राहत वितरण प्रक्रियालाई एकद्वार प्रणालीमार्फत अगाडि बढाउने भएको छ। गृह मन्त्रालयमा बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले बाढीपीडितको राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्न एकद्वार प्रणाली अवलम्बन गर्ने निर्णय गरेको हो।

राहत संकलनमा जुटे कलाकार

अविरल वर्षाले डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ कलाकारहरुले राहत अभियान सुरु गरेका छन् । कलाकारहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत् आर्थिक सहयोगको घोषणा गरेका छन् ।

राहतमा ढिलाइ, मन्त्री आए तर उद्घार भएन

पश्चिम नेपालका बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका बाढी–डुबान पीडित राहतको पर्खाइमा छन् । डुबानग्रस्त कतिपय क्षेत्रका स्थानीयको उद्धारसमेत हुन सकेको छैन ।

बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, घले दम्पतीद्वारा १ करोड सहयोग

दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरोपीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ। कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन्।

उद्धार र राहतमा ध्यान देऊ

सरकार बाढीपीडितको उद्धार, राहत र स्थानान्तरणमा कुनै कसर बाँकी नराखी अघि बढ्नुपर्छ। विपत्तिको यस घडीमा राहत तथा उद्धारका लागि राजनीतिक दलहरूदेखि नागरिक समाजसम्म सबै एकजुट भएर लाग्न आवश्यक छ।

भरतपुर १९ को पुनःमतदानले गठबन्धनलाई राहत

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा भएको पुनःमतदानको नतिजाले मेयर उपमेयर पदमा चुनावी तालमेल गरेका सत्तारुढ गठबन्धनलाई राहत दिएको छ। हिजो शुक्रबार भएको मतदानको आज घोषणा भएको परिणाम अनुसार वडामा नेपाली काँग्रेसका उम्मेद्वारहरुको प्यानल नै विजयी भएको छ। मेयर पदमा गठबन्धनकी उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहाललाई जितको सम्भावना बढाउने मत प्राप्त भएको छ।

विदेशमा ज्यान गुमाउनेका आफन्तलाई दोब्बर राहत

श्रम स्वीकृति लिएर बिदेसिएका कामदारको विदेश वा करार अवधिभित्र स्वदेशमै ज्यान गएको खण्डमा तिनका निकट आफन्तले अबदेखि सात लाख रुपैयाँ राहत पाउने भएका छन्। तीन लाख रहेको राहत रकम बढाएर सात लाख रुपैयाँ पुर्‍याइएको हो।

भूकम्प राहतबारे प्रधानमन्त्रीको जबाफ माग

भूकम्पपीडितले अझै पनि उचित राहत पाउन नसकेकोतर्फ ध्यानाकषर्ण गराउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा जबाफ दिनुपर्ने माग सांसदहरूले गरेका छन्।

सप्तरीका बाढीपीडितलाई एमालेको राहत

सप्तरीका विभिन्न स्थानका बाढिपीडित ११७ परिवारलाई आज नेकपा (एमाले)ले राहत वितरण गरेको छ। बाढीपीडित राजविराज नगरपालिका वडा नं २ र १० तथा मलेठका बाढिपीडित प्रतिपरिवारलाई एक थान त्रिपाल, एक थान ब्ल्याङ्केट, एक थान ज्याकेट र पाँच किलो खाद्यान्नका दरले राहत बाँडिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्