१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

रौतहटको आकाशमा दर्जन हेलिकोप्टर, राहत शून्य

रौतहटको करुनियामा दालमोठ चिउरा लिएर अाएको हेलिकोप्टर। तस्विरः मदन ठाकुर

रौतहट—बाढीले जिल्लाका करिब ९५ प्रतिशत मान्छे प्रभावित भए पनि पीडितले अहिलेसम्म राहत पाउन सकेको छैनन्। नेता र मन्त्रीहरु हेलिकोप्टरमा निरीक्षण भ्रमणमा आए पनि तिनले सबै ठाउँमा राहात पुर्‍याउन सकेका छैनन्। गाउँमा अरबौँको क्षति भए पनि कुनै किसिमको राहत आउन नसकेको माधवनारायण गाउँपालिका, विशुनपुर्वा मानपुरका प्राविधिक सहायक राम विनोद मुखियाले बताए। आकाशमा दर्जनौँ हेलिकप्टर उडिरहेको पनि पीडित समक्ष राहत पुग्न नसकेको उनले सुनाए।

आइतबारदेखि रौतहटको आकाशमा दर्जनभन्दा बढी हेलिकोप्टर उडेका छन्। ती मध्ये एउटा हेलिकप्टरले मात्र राहात खसालेको छ। आठ बोरा चिउरा, पाँच बोरा दालमोठ र तीन कार्टुन पानीबाहेक रौतहटमा नेता तथा मन्त्रीले हेलिकोप्टरबाट राहत ल्याएका छैनन्।

सो राहात सामग्री समनपुर, गरुडा, गौर, गंगापिपरा, औरैया, मौलापुरमा खसालिएको थियो। गढीमाई गाउँपालिकामा हजारौँ जना बाढी प्रभावित छन्। त्यहाँ कसैको आँखा पुगेको छैन। राहत नपाएपछि बाढीपीडित स्थानीय असन्तुष्ट बनेको नेकपा एमालेका स्थानीय नेता शेख जबाहरले नागरिकन्युजलाई बताए।

सो राहात सामग्री समनपुर, गरुडा, गौर, तरुनिहा देवाही, गंगापिपरा, औरैया, मौलापुरमा खसालिएको थियो। गढीमाई गाउँपालिकामा हजारौँ जना बाढी प्रभावित छन्। त्यहाँ कसैको आँखा पुगेको छैन। राहत नपाएपछि बाढीपीडित स्थानीय असन्तुष्ट बनेको नेकपा एमालेका स्थानीय नेता शेख जबाहरले नागरिकन्युजलाई बताए।

बाढीले विनाशको इतिहास रचेको रौतहटमा ठूलो क्षति भएको छ। कम्तिमा साठी हजार घरपरिवार प्रभावित भएको प्रहरीको प्रारम्भिक तथ्यांक छ। जिल्लामा कम्तीमा चार लाख मानिस प्रभाभित भएको देखिएको रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापाले नागरिकन्युजलाई बताए।

शुक्रबारदेखि आएको बाढीबाट जिल्लाका अधिकांश भाग प्रभावित बनेका छन्।

१८ को मृत्यु दुई वेपत्ता
तीन दिन लगातार बाढी आएर बस्ती बस्तीलाई जलमग्न बनाएपछि जिल्लामा जनधनको ठूलो क्षति भएको छ। मंगलवार दिउँसोसम्म जिल्लामा १८ जनाको मृत्यु भएको छ। मृत्यु भएकामा दुईजनाको पहिचान खुलेको छैन। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले दुई जना अहिलेसम्म वेपत्ता रहेको बताए। गोनाही देवाही गाउँपालिका ५ का ११ वर्षीय सीताकुमारी साउन २९ गतेदेखि वेपत्ता छिन्। यसैगरी गुजरामाई गाउँपालिका  ६ की १४ वर्षीया रन्जिता कुमारी राम पनि वेपत्ता छिन्। वेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नवीन कृष्ण भन्डारीले जानकारी दिए।

सडक सञ्जाल ध्वस्त
बाढीले जिल्लाको आन्तरिक सडक सञ्जाललाई ध्वस्त बनाइदिएको छ। तीन दिन पहिले जिल्लाको सदरमुकाम गौरलाई जोड्ने मूल सडकलाई सखुअवामा बगाएपछि मंगलवार साँझसम्म सुचारु हुन सकेको छैन। सडक मरम्मतको काम भइरहँदा डुंगा र ट्युबमा मान्छे र सामान ओसार्ने काम भइरहेको छ। एक गाउँदेखि अर्को गाउँ जोड्ने सबै सडक सञ्जाल तहसनहस भएको छ। क्षतिको विवरण संकलन गर्न र राहत वितरण गर्न सडक नै नभएपछि समस्या भइरहेको छ। जिल्लामा सडक कति बगायो भन्ने विवरण सडक डिभिजन कार्यालय चन्द्रपुरसित पनि नरहेको कार्यालयले जनाएको छ।

कार्यालयमा रहेका आठवटै प्राविधिकलाई जिल्लामा सडकलाई भएको क्षतिको विवरण संकलन गर्न खटाएको डिभिजन प्रमुख योगेश सुमनले बताएका छन्। क्षतिको विवरण आएपछि प्राथमिकताको आधारमा मरम्मत कार्य गर्दै जाने उनले सुनाए।

प्रकाशित: ३१ श्रावण २०७४ १२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App