२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रथम राष्ट्रपति यादवले भने : राष्ट्रपतिले संविधानको मर्यादा अनुसार काम गर्नुभएन

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमले आफु मर्माहत भएको प्रथम राष्ट्रपति डा. रामवरण यादवले बताएका छन्।

पोखरामा कांग्रेसको विशाल प्रदर्शन

ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक पद्दतीका विरुद्ध कास्की कांग्रेसले पोखरामा प्रदर्शन गरेको हो ।

संसद् विघटनबारे अर्जुन पराजुलीको कविता : जुँगा उखेल्नुभाे हजुरले जुगको !

चर्चित व्यंग्य कवि अर्जुन पराजुलीले प्रधानमन्त्रीले संसद् विघटन गराएकामा व्यंग्य गर्दै कविता लेखेका छन्।

प्रधानमन्त्री ओलीले आज देशवासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओलीले आज दिउँसो ३ बजे बालुवाटारबाट सम्बोधन गर्ने भएका हुन्।

देश अँध्यारो सुरुङमा फसिसकेको भन्दै डा. भट्टराईले देखाए २ उपाय

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश अँध्यारो सुरुङमा फसिसकेको बताएका छन्।

संसद विघटनको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन, कृष्ण पहाडीसहित अधिकारकर्मी पक्राउ

संसद विघटनको विरोधमा सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेको कृष्ण पहाडीसहितका अधिकारकर्मी पक्राउ परेका छन्।

संसद पुनर्स्थापनाको माग गर्दै सांसदहरु सर्वोच्चमा

संसद पुनर्स्थापनाको माग गर्दै नेकपाका असन्तुष्ट सांसदहरु सर्वोच्च अदालत जान लागेका छन्। प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तवरबाट संसद विघटन गरेकोप्रति आक्रोशित बनेको नेपाल–दाहाल पक्षका सांसद अदालत जान लागेका हुन्।

मन भारी बनाएर संसद विघटन गरेँ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकटका नेकपा सांसदहरुलाई मन भारी बनाएर संसद विघटनको कदम चालेको बताएका छन्। उनले आफुँसँग यो बाहेक अर्को विकल्प नभएको बालुवाटार भेलामा सांसदहरुलाई बताएका थिए। 'पार्टी एकता कामय राख्न विभिन्न अवरोध खडा गरियो', उनले भने, 'साथीहरुले विभिन्न लान्छना लगाउनु भयो। सचिवालयमा विधि भन्दा व्यक्तिबारे छलफल गर्नु पर्यो। स्थायी कमिटीमा पनि त्यस्तै भयो।'

बादल निकट नेताले भने : ओलीको पक्षमा उभिने हो भने साथ दिन सक्दैनौ

गृहमन्त्री रामबहादुर थापा (बादल) प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएपछि उनी निकट नेताहरुले असन्तुष्टि जनाएका छन्।

कुनै व्यक्तिको एकता विरोधी गतिविधिले पार्टी विभाजन हुँदैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजन नहुने बताएका छन्। सोमबार एक विज्ञप्तिमार्फत अध्यक्ष दाहालले ‘कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने’ बताएका हुन्।

पोखरामा कांग्रेसको प्रदर्शन तयारी

ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक पद्दतीका विरुद्ध कास्की कांग्रेसले पोखरामा प्रदर्शन गर्न लागेको हो ।

संसद् विघटनले सेयर बजारमा पहिरो

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटन गरेपछि सेयर बजारमा पहिरो गएको छ। बजार खुल्नुअघि नै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको खबर सार्वजनिक भएको थियो। त्यसपछि सेयर बजारमा गिरावट आउन थालेको थियो। ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर मध्यावधि चुनावको तिथि तोकेपछि सेयर परिसूचक नेप्सेमा झनै गिरावट आयो।

अस्थिरताले अर्थतन्त्रमा नकारात्मक असर

आर्थिक समृद्धिको नारा दिएर जनताबाट बहुमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हठात् संसद विघटन गरेपछि अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने सरोकारवालाले बताएका छन् ।स्थिर सरकारबाट मुलुकको विकास र समृद्धिको अपेक्षा गरिएकोमा एक्कासि मध्यावधि निर्वाचन घोषणा भएपछि मुलुकमा लगानीको वातावरण बिग्रिने देखिएको छ।

एकता जोगाउने सूत्र कामयावी भएनन् : विष्णु पौडेल (अन्तर्वार्ता)

आज पनि हामी आशावादी छौँ। सास रहेसम्म आस हुन्छ भन्ने नेपाली लोकोक्ति छ। त्यस्तै औपचारिक ढंगले पार्टी विभाजन हुनुभन्दा अघि हामीले एकता जोगाउनका निम्ति अधिकतम कोसिस गर्नुपर्छ। म आफँै पनि र पार्टीका अरू साथीहरू, बहुसंख्यक नेताहरू, बहुसंख्यक कार्यकर्ताहरू पार्टीको एकता सुदृढ रहोस् भन्ने चाहिरहेका छन्। त्यो चाहनालाई प्रतिनिधित्व गर्दै नेपालको लोकतान्त्रिक आन्दोलनका निम्ति, अग्रगामी परिवर्तनका निम्ति, संवैधानिक यात्रालाई सुनिश्चित गर्नका लागि नेकपाको एकता सुरक्षित र सुनिश्चित रहनुपर्छ भन्ने ठम्याइ हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्