६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखरामा कांग्रेसको प्रदर्शन तयारी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा पोखरामा कांग्रेसले प्रदर्शनको तयारी थालेको छ । ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक पद्दतीका विरुद्ध कास्की कांग्रेसले पोखरामा प्रदर्शन गर्न लागेको हो ।  

‘अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याऔं, सर्वसत्तावाद विरुद्व एकजुट होऔं’ भन्ने मूल नाराका साथ पोखरामा विरोध प्रदर्शन गर्न लागिएको कांग्रेसले बताएको छ ।  

सोमबार दिउँसो एकबजे चिप्लेढुङ्गास्थित पार्टी कार्यालयबाट शुुरु हुने प्रदर्शन महेन्दपूलमा पुगेर विरोधसभामा परिणत हुने कास्की कांंग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । ‘विरोध प्रदर्शनको तयारीमा कांग्रेस जुटेको छ । संसद विघटन विरुद्ध कांग्रेसको प्रदर्शन हुन थालेको हो,’ उनले भने ।  

‘ओलीको कदम असंवैधानिक भएकोले कांग्रेसले टुलुटुलु हेरेर बस्न सक्दैन । कानुन र लोकतान्त्रिक पद्धतीलाई जीवन सम्झने कांग्रेसले ओलीको कदमलाई सही मान्न सक्दैन, त्यसैले विरोधमा उत्रिन थालेका हौ,’ उनले भने । पोखरा आसपासका क्षेत्रका कांग्रेस कार्यकर्ता पनि पोखरा आउने तयारीमा रहेको उनले बताए ।  

प्रकाशित: ६ पुस २०७७ ०६:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App