२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

ओली गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट विचलित भए : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता र संघीयताको अडानबाट प्रधानमन्त्री ओली विचलित भएको आरोप लगाएका छन्।

सरकारको असफलताबाट छुट्कारा पाउन भएपनि ताजा जनादेशमा जानुपर्छः कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वर्तमान सरकारको असफलताबाट छुट्कारा पाउन भएपनि ताजा जनादेशमा जानुपर्ने बताएका छन्।

संसद विघटन भएको, जनताको अधिकार खोसिएको होइन : मुख्यमन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधि सभा विघटन भएपनि जनताका अधिकार यथावत रहेको बताएका छन्। बाँकेको खजुरामा सोमबार सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीविरुद्ध प्रतिवाद गर्ने नेकपा संसदीय दल कर्णालीको निर्णय

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संघीय संसद् (प्रतिनिधिसभा) विघटन असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी र स्वेच्छाचारी कदम भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको प्रदेशसभा संसदीय दलले त्यसको कडा प्रतिवाद गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।

प्रधानमन्त्री ओलीले झण्डा हल्लाएर हिँड्नु भ्रम मात्रै : पूर्वमन्त्री शर्मा

प्रतिनिधिसभा विघटनकै दिन प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति ह्रास भएको पूर्वगृहमन्त्री तथा प्रचण्ड–माधव नेकपा समूहका नेता जनार्दन शर्माले बताएका छन्। प्रधानमन्त्री ओलीले झण्डा हल्लाएर हिँड्नु जनतालाई भ्रममा पार्नलाई मात्र भएको उनको भनाइ छ।

संसद् विघटनका विषयमा पूर्व प्रधानन्यायाधीशहरुले टिप्पणी गर्नु गलत : चन्द्र भण्डारी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनका सम्बन्धमा पूर्व प्रधानन्यायाधीशहरुले टिप्पणी गर्नु गलत भएको बताएका छन्।

क्रान्तिकारी माओवादीले भन्यो : संसद विघटन फाँसीवादी कमद

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले प्रतिनिधिसभा विघटनलाई गणतन्त्र, सङ्घीयता तथा धर्मनिरपेक्षताका विरुद्ध परिलक्षित निरङ्कुशतावादी तथा फाँसीवादी कदम भएको बताएको छ।

'श्रीमानहरुले संविधानका मामलामा राय नदिएर के फिल्मको समीक्षामा राय दिनुपर्ने हो ?'

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका नेता योगेश भट्टराईले चार जना पूर्व प्रधानन्यायाधीशहरुले संसद् विघटनका सम्बन्धमा राय दिनु स्वभाविक भएको बताएका छन्।

प्रधानमन्त्री ओली संघीयता विरोधी हुन् : जसपा अध्यक्ष ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी भएको बताएका छन। प्रेस नेपालले आज भैरहवामा गरेको पत्रकार भेटघाटमा बोल्दै ठाकुरले प्रम ओली समग्र संघीयताकै विरोधी भएको बताए।

संसद पुनःस्थापना नभए देश द्वन्दमा फस्छ : डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद पुनःस्थापना नभए देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका छन्। आइतबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँगको कुराकानीमा अदालतबाट संसद पुनःस्थापनाको निर्णय नभए देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका हुन्।

राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सरकालाई किन हतार ?

आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पुस १७ गतेबाट सूचारु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्‍यो। जसअनुसार राष्ट्रपतिबाट जारी अधिवेशन अन्त्यको घोषणा भयो। र, राष्ट्रिय सभाको चारवटा मात्र बैठक बसेर हिउँदे अधिवेशन अन्त्य भयो।

राष्ट्रियसभामा प्रधानमन्त्रीलाई प्रश्न : महाराज घोषणा गरियोस् भन्नु होला, हामीले त्यो पनि मान्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई सम्वोधन गरेका छन्। सम्वोधनका क्रममा उनले अहिलेको कदम सही भएको बताए। ओलीले दलहरुको शुद्धिकरणका लागि यो निर्वाचन एउटा झड्का भएको दाबी गरे।

राष्ट्रियसभामा प्रधानमन्त्रीले भने : अहिलेको कदम विलकुल सही छ

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको कदम सही भएको बताएका छन्। राष्ट्रिय सभामा बोल्दै ओलीले दलहरुको शुद्धिकरणका लागि यो निर्वाचन एउटा झड्का भएको दाबी गरे।

विष्णु रिमालको रविन्द्र मिश्रलाई चेतावनी : सीमामा बस्नुस् रवीन्द्र जी !

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई ‘सीमामा बस्न’ चेतावनी दिएका छन्। संसद् विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे ट्वीटरमा टिप्पणी गरेका मिश्रलाई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले ‘सीमामा बस्न’ भन्दै चेतावनी दिएका हुन्।

‘देउवाको सदावहार ढुलमुले चरित्र थप चिन्ताको विषय भएको छ’

नागरिक समाजका अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले संसद् विघटन अलोकतान्त्रिक र निन्दनीय कदम भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्