१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

विष्णु रिमालको रविन्द्र मिश्रलाई चेतावनी : सीमामा बस्नुस् रवीन्द्र जी !

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई ‘सीमामा बस्न’ चेतावनी दिएका छन्। संसद् विघटनपछि उत्पन्न राजनीतिक परिस्थितिबारे ट्वीटरमा टिप्पणी गरेका मिश्रलाई प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले ‘सीमामा बस्न’ भन्दै चेतावनी दिएका हुन्।

मिश्रले गरेको एक ट्वीटमा प्रतिक्रिया जनाउँदै रिमालले धम्कीपूर्ण भाषामा चेतावनी दिएका हुन्।  

मिश्रले ट्वीटरमा ‘कस्तो समय आयो! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नुपर्ने। प्रधानमन्त्री र राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौँ जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्‍याली आह्वान गर्दा हजारौँ सरिक हुने। अब अति भो।’ लेखेका थिए।

मिश्रले ट्वीटरमा प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले ‘सीमामा बस्न’ भन्दै चेतावनी दिएका हुन्।

रिमालले प्रतिक्रिया जनाउँदै भनेका छन्, ‘सीमामा बस्नुस् रवीन्द्र जी! तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन। यति चाहिँ भनूँ–मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भएपनि त्यससँग समयले जवाफ माग्ने छ।’

रिमालको चेतावनीयुक्त प्रतिक्रिया पछि मिश्रले फेरि त्यसको जवाफ फर्काएका छन्।  

जवाफमा उनले ‘प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरूपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्‍याउँदा ‘सीमामा बस्नुस्’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमती जनाउनुभएको भए भइहाल्थ्यो। सानो सुझाव मात्र।’

प्रकाशित: २६ पुस २०७७ ०७:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App