२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद् विघटनका विषयमा पूर्व प्रधानन्यायाधीशहरुले टिप्पणी गर्नु गलत : चन्द्र भण्डारी

क्याप्शन

नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटनका सम्बन्धमा पूर्व प्रधानन्यायाधीशहरुले टिप्पणी गर्नु गलत भएको बताएका छन्। बुटवलमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता भण्डारीले विधिको शासन र व्यवस्थाप्रति विश्वास गर्नेहरुले नै संसद विघटनका बारेमा बोल्नु उपयुक्त नभएको बताएका हुन्। उनले संसद विघटन असंवैधानि भएपनि सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दामाथि सडकबाट फैसला गर्न नहुने बताए।

नेता भण्डारीले संविधानको अन्तिम ब्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताए। उनले सर्वोच्चले गर्ने निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने समेत बताए। ‘संविधानमा रहेका अस्पष्टताबारे व्याख्या गर्ने सर्वोच्च अदालतले हो, सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई सबैले स्वीकार्नुपर्छ।

उनले नेतृत्वमा बसेर पनि जनताको पक्षमा काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक भएको समेत बताए।

कांग्रेसको प्रसंगमा उनले पार्टीको महाधिवेशन आगामी भदौभित्र गरिसक्नुपर्ने बताए। 

फरक प्रसंगमा नेता भण्डारीले अखण्ड लुम्बिनीको पक्षमा बोल्दा आफूलाई सबैतिरबाट खेदिएको दाबी गरे। 

प्रकाशित: २७ पुस २०७७ ०९:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App