२१ आश्विन २०८१ सोमबार
image/svg+xml

संसद् विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ जारी

प्रतिनिधिसभा विघटन सम्बन्धी सुनुवाइ सर्वोच्च अदालतमा आज (शुक्रबार) पनि जारी छ। यस मुद्दाको अन्तिम सुनुवाइ गत बुधबार भएको थियो।

केपी ओलीले भारतसँग घुँडा टेकिसके : डा. भट्टराई

जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले भारतसामु घुँडा टेकिसकेको दाबी गरेका छन्। जनता समाजवादी पार्टीको संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीविरुद्ध पोखरामा बुधबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले आफ्नो शासन सत्ता लम्ब्याउन केपी ओलीले भारतसामु घुँडा टेकिसकेको दाबी गरेका हुन्।

ओलीको पार्टी सडकको धुलो छाप पार्टी हुनेछ : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली नेतृत्वको पार्टी सडकको धुलोमा परिणत हुने दाबी गरेका छन्।

संसद् विघटनविरूद्धको मुद्दा हेर्दाहेदैमा

सर्वोच्च अदालतले संसद् विघटनविरूद्धको मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ। संवैधानिक इजलासमै हेर्ने कि बृहतपूर्ण इजलासमा लैजाने भन्ने बहस नसकिएपछि उक्त मुद्दालाई शुक्रबारसम्म हेर्दा हेर्दैमा राखिएको हो।

कानूनको शासनमा अमेरिकी अनुभव र नेपालमा प्रतिनिधिसभा विघटन

अमेरिकी संविधान संसारकै सबैभन्दा पुरानो तथा छोटो लिखित संविधान हो। जसमा करीब ४,४०० शब्द मात्र छन्। यो संविधान सन १७८९ देखि समय सापेक्ष संशोधन हुँदै सफल रुपमा चली आएको छ।

ओलीले कुर्सी भाँच्छु भन्थे संविधान नै भाँचिदिए : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीबाट लोकतन्त्र नै खतरामा परेको बताएका छन्।

प्रतिनिधिसभा विघटनको मुद्दामा बहस सुरु, बृहत पूर्ण इजलासमा जानेबारे सरकारी पक्ष असहमत

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस सुरु भएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन छन्। रिट निवेदकरुले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बृहत पूर्ण इजलासमा लैजान पर्ने भन्दै निदवेदन दिएका छन्।

संसद विघटनविरुद्ध मुद्दाः संवैधानिक इजलासमा सपना प्रधान मल्ल

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलासमा सपना प्रधान मल्लको नाम थपेका छन्।

संसद् विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको संवैधानिक इजलासमा आज (बुधबार) सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा पाँचजना न्यायाधीश रहेको संवैधानिक इजलासमा बुधवार तेस्रोपटक सुनुवाइ हुन लागेको हो ।

देउवाले भने : सडकबाट न्यायालयलाई धम्क्याउन मिल्दैन

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट संसद बिघटनको पक्षमा निर्णय आए पार्टीले चुनावमा भाग लिने बताएका छन्। अदालतले संसद पुनःस्थापना वा बिघटनको जुन निर्णय गरे पनि कांग्रेसले स्वीकार्नेसमेत उनले स्पष्ट पारे।

ओलीको कदमले देश १० वर्षपछि पर्‍यो : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन असंवैधानिक र प्रतिगामी कदम भएको बताएका छन्। उनले संसद विघटनविरुद्ध सशक्त प्रतिकार गरिने पनि बताए।

ओलीको तानाशाही प्रवृत्तिलाई पराजित गरेरै छाड्छौं : नारायणकाजी श्रेण्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले असंवैधानिक तवरबाट संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान च्यात्न खोजेको बताएका छन्।

प्रधानमन्त्रीसँग संसद विघटन बाहेक अरु विकल्प थिएन : मुख्यमन्त्री पोखरेल

प्रधानमन्त्री केपी शर्मा ओलीका सहयोगी मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको बचाउ गर्दै पदीय आकांक्षाबाट सिर्जना भएको राजनीतिको कालो बादल चुनावपछि हटेर जाने बताएका छन्।

प्रधानमन्त्रीले संघीयता, गणतन्त्र र समावेशितालाई समाप्त पार्न खोज्नुभयो : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संघीयता, गणतन्त्र र समावेशितालाई समाप्त पार्न खाजिएको आरोप लगाएका छन्।

ओलीको बोली र व्यवहार फरकफरक

२०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन वर्ष बित्दानबित्दै संसद् विघटन गरेका छन्। प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगबाट प्रतिनिधिसभा विघटन गरेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला त्यसबखत उनले व्यक्त गरेको धारणा अहिले सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्