१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

ओलीको तानाशाही प्रवृत्तिलाई पराजित गरेरै छाड्छौं : नारायणकाजी श्रेण्ठ

फाइल तस्वीर

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले असंवैधानिक तवरबाट संसद् विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान च्यात्न खोजेको बताएका छन्। मंगलबार पोखरामा आयोजित प्रचण्ड–नेपाल समूहको भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले ओलीको प्रधानमन्त्री बनिरहने रहरले संविधान र लोकतन्त्र संकटमा परेको बताए।  

उनले ओलीको तानाशाही प्रवृत्तिलाई पराजित गरेरै छाड्ने दाबी समेत गरे। संसद् विघटविरूद्ध संयुक्त संघर्षको पहल भइरहेको जनाउँदै उनले ओलीको प्रवृत्तिलाई पराजित गरेरै छाड्ने ठोकुवा गरे। ‘संयुक्त संघर्षका लागि राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरुसँग छलफल भइरहेको छ,’ उनले भने ‘ओलीको निरङ्कुश, प्रतिगामी र तानाशाही प्रवृत्तिलाई धुलो चटाएरै छाड्छौँ।’

प्रकाशित: २८ पुस २०७७ ०९:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App