४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संसद् विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ जारी

प्रतिनिधिसभा विघटन सम्बन्धी सुनुवाइ सर्वोच्च अदालतमा आज (शुक्रबार) पनि जारी छ। यस मुद्दाको अन्तिम सुनुवाइ गत बुधबार भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु ‘असंवैधानिक’ भएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि शुक्रबार सुनुवाइ सुरु भएको हो।

रिट निवेदकको तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका अधिवक्ता रमन श्रेष्ठ, शम्भु थापा, हरिहर दाहाल, दिनेश त्रिपाठी, चन्द्रकान्त ज्ञवालीले संवैधानिक इजलाशको अधिकार क्षेत्रमा यो मुद्दा नपर्ने भएकाले पूर्ण बृहद इजलाशको माग गरेका थिए।  

शुक्रबार पनि मुद्दाको फैसला संवैधानिक इजलाशबाट गर्ने कि बृहत् पूर्ण इजलासबाट गर्ने भन्ने मै सुनुवाइ केन्द्रित रहनेछ।

प्रकाशित: २ माघ २०७७ ०६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App