२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

संसद् विघटनविरुद्धको मुद्दामा आज सुनुवाइ

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको संवैधानिक इजलासमा आज (बुधबार) सुनुवाइ हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा पाँचजना न्यायाधीश रहेको संवैधानिक इजलासमा बुधवार तेस्रोपटक सुनुवाइ हुन लागेको हो ।  

पुस २२ मा कानुन व्यवसायीहरूले न्यायाधीशमाथि ‘स्वार्थ बाझिने’ भन्दै इजलासमाथि नै प्रश्न उठाएपछि न्यायाधीश हरिकृष्ण कार्कीले यस मुद्दामा आफू नबस्ने निर्णय गरेका थिए ।  

प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा संवैधानिक इजलासले नै टुंगो लगाउने वा बृहत् पूर्ण इजलास गठन गर्ने भन्नेमा अन्यौल छ । १२ जना रिट निवेदकहरूले यस अघिका दुईवटा संसद विघटनविरुद्धका मुद्दामा सर्वोच्चले बृहत पूर्ण (११ जना न्यायाधीश)को इजलास गठन गरिएको नजिर पेश गरेका छन् । 

प्रकाशित: २९ पुस २०७७ ०१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App