१६ आश्विन २०८१ बुधबार
image/svg+xml

सिक्टा सिँचाईको भ्रष्टाचारमा तानिए पूर्व मन्त्री पाण्डे

सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व वन भूमिसुधारमन्त्री बिक्रम पाण्डेसहित २१ जना विरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निर्धारित समयमा सम्पन्न गर्न चुनौतीपूर्ण

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका ६ वटा राष्ट्रिय गौरवका आयोजनाको निर्माण निर्धारित समयमा सम्पन्न गर्न चुनौतीपूर्ण देखिएको छ।

प्रदेशबाट आयोजना तान्दै केन्द्र सरकार

सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बजेटसहित प्रदेशलाई हन्तान्तरण गरेको चारवटा आयोजना फेरि संघमा तानेको छ।

माथिल्लो कर्णालीको बिजुली बंगलादेश लैजाने बाटो खुल्यो

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट बिजुली लैजान बंगलादेशलाई मार्ग प्रशस्त भएको छ।

पच्चिस मेघावाटको जलविद्युत आयोजना बन्ने

अधिकांश रुपन्देहीका नागरिकको लगानीमा २५ मेघावाटको जलविद्युत आयोजना शुरु हुने भएको छ। झन्डै ५ अर्बको लागतमा एक हजारको सामूहिक लगानीमा कास्कीको माछापुच्छ्रे गाउँपालिका २ को भराभुरी भन्ने स्थानमा सेती खोला जलविद्युत् आयोजना शुरु हुने भएको हो।

पावर हाउस निर्माण कार्य सुरु

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमेमा निर्माण भइरहेको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको पावर हाउस निर्माणको काम सुरु भएको छ।

पप्पुका कारण रोकियो हुलाकी राजमार्ग निर्माण,सिक्टामा धरौटी जफत

पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा ठेक्का रहेको बहुप्रतिक्षित हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको निर्माण कार्य ठप्प भएको छ । नेपालगञ्जदेखि कटकुइयाँसम्मको ४४ किलोमिटरको हुलाकी सडक निर्माण ठेक्का पाएको पप्पु र सरकारबीच सम्बन्ध बिग्रिएसँगै निर्माणको काम प्रभावित भएको छ ।

माथिल्लो तामाकोशीको शेयर आवेदकलाई ४० देखि ५० कित्ता

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमा आवेदन दिएका योग्य लगानीकर्ताले शेयर पाएका छन्। बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलका अनुसार योग्य आवेदक सबैले न्यूनतम ४० कित्ता पाएका हुन्।

अरुण तेस्रोको प्रसारण लाइनको नक्सांकन सम्पन्न

संखुवासभामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत प्रसारण लाइन संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिराहा, धनुषा, मोहत्तरी हुदै भारत पुग्ने गरी नक्सांकन भएको सतलज कम्पनीले जनाएको छ।

माथिल्लो कर्णालीको म्याद तेस्रोपटक थपिँदै

दुईपटक म्याद थप्दा पनि लगानी जुटाउन नसकेको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको म्याद पुनः एकपटक (तेस्रोपटक) थपिने भएको छ। लगानी बोर्डको आगामी बैठकमा उक्त प्रस्ताव लैजाने तयारी भएको छ।

न्यादी जलविद्युत्को हेडरेस सुरुङ ब्रेक थ्रु

लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ब्रेक थु् गरिएको छ ।

सिक्टा तथा भेरी बबई आयोजना अध्ययन प्रतिवेदन पारित

प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको सिक्टा तथा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अध्ययन प्रतिवेदन पारित गरेको छ । समितिको मंगलबार बसेको बैठकले उपसमितिले पेश गरेको प्रतिवेदन पारित गरेको हो ।

भारतीय कम्पनी टेक्सम्यासँगको सम्झौता तोडिँदै

स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलद्यिुत् आयोजना निर्माणमा ढिलाइ हुनुको मुख्य कारण हाइड्रोमेकानिकलतर्फको जिम्मा पाएको भारतीय कम्पनी टेक्सम्या रहेको ठहर गर्दै ऊसँगको सम्झौता तोड्ने तयारी भएको छ।

स्याउरेभूमिको मासिक आम्दानी ७० हजार

ग्रामीण भेगको टुकी बत्तीलाई विस्थापित गर्न नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा स्थापना भएको स्याउरेभूमि लघु जलविद्युत् आयोजनाले मासिक ७० हजार रुपैयाँसम्म आम्दानी गर्दै आइरहेको छ । २०५६ देखि स्थानीयलाई उज्यालो दिँदै आएको आयोजनालाई नेपाल विद्युत् प्राधिकरणले खरिद गरेसँगै राम्रो आम्दानी हुन थालेको हो।

पप्पुसँगको ठेक्का तोडियोे

कोस्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्