४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

माथिल्लो तामाकोशीको शेयर आवेदकलाई ४० देखि ५० कित्ता

काठमाडौं–माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयरमा आवेदन दिएका योग्य लगानीकर्ताले शेयर पाएका छन्। बिक्री प्रबन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलका अनुसार योग्य आवेदक सबैले न्यूनतम ४० कित्ता पाएका हुन्।

तामाकोशीको शेयरका लागि ३ लाख ३९ हजार ७७५ लगानीकर्ताले आवेदन दिएका थिए। त्यसमध्ये ३ लाख ३४ हजार ७५ जना आवेदक मात्रै योग्य ठहरिएका थिए। आवेदन दिएकामध्ये ५ हजार ७०० आवेदकले दोहा¥याएर आवेदन गरेकाले उनीहरु अयोग्य भएका हुन्। आयोजनामा लगानीकर्ता कम्पनीका कर्मचारी तथा कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता तथा स्थानीयले यस अघि नै शेयर पाइसकेपनि सर्वसाधारणका हैसियतमा पुनः आवेदन गर्दा उनीहरु यसपटकका लागि अयोग्य ठहरिएका हुन्।  

योग्य आवेदकलाई ४० कित्ताका दरले शेयर बाँडफाँट गरेपछि बाँकी रहेको १ लाख ७२ हजार ७ सय ७५ कित्ता शेयर १ लाख ७२ हजार जनालाई गोलाप्रथाबाट थप १० कित्ता दिइएको छ। उनीहरुले कूल ५० कित्ता शेयर पाएका छन्। माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। त्योमध्ये १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता सर्वसाधारणलाई र ७ लाख ९४ हजार २ सय ५० कित्ता लगानी कोषका लागि छुट्याईएको थियो। बिक्रीप्रबन्धकका अनुसार माग गरिएको भन्दा ४.३७ गुणा धेरै आवेदन परेको थियो।

प्रकाशित: ११ मंसिर २०७५ १२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App