नेपाल र युएईले आज दोस्रो तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्दै छन्।
खेल काठमाडौंमा रहेको त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा आज (मंगलबार) साँझ ५ बाट सुरु हुने छ।यसअघि साेमबार भएकाे पहिलाे ट्वान्टी-२० खेलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो।
साेमबार नेपालले पहिलो फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल खेलेकाे थियाे। युएईविरुद्ध नेपाल आज जितको लक्ष्य लिएर मैदानमा आउँदै छ।
युएई भने नेपाललाई उसकै घरेलु मैदानमा हराएर उपाधि जित्न चाहन्छ। यस शृङ्खलालाई ‘अन्डरलाइट ट्वान्टी-२० सिरिज’ नाम दिइएकाे छ।
प्रकाशित: ८ वैशाख २०८३ ०८:५१ मंगलबार





