१२ वैशाख २०८३ शनिबार
image/svg+xml
शिक्षा

विद्यालयमा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न सरकारको निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालय तहमा सरकारले स्वीकृत गरेको पाठ्यक्रम र पाठ्यपुस्तक मात्र प्रयोग गर्न निर्देशन दिएको छ।

केन्द्रले देशभरका सबै शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै यस विषयमा तत्काल अनुगमन गरी कारबाही अघि बढाउन निर्देशन दिएको हो। केन्द्रले जारी गरेको परिपत्र अनुसार पाठ्यक्रम विकास केन्द्रबाट विकास तथा स्वीकृति प्राप्त गरेका पाठ्यपुस्तक र पाठ्यसामग्री मात्र विद्यालयमा प्रयोग गर्न पाइने व्यवस्था रहेको बताइको छ। साथै, पाठ्यपुस्तकको पृष्ठ सङ्ख्या र मूल्य समेत केन्द्रले तोकेको मापदण्ड अनुसार हुनुपर्ने उल्लेख गरिएको छ।

तर, केही प्रकाशनहरूले कानुन विपरीत बढी मूल्य निर्धारण गर्ने, न्यून गुणस्तरका कागज प्रयोग गर्ने, स्वीकृति नलिएका तथा मूल्य नै नतोकेका पाठ्यपुस्तक बिक्री वितरण गरेको गुनासो आएको केन्द्रले जनाएको छ।

यस्तै, केही विद्यालयहरूले आफैँले पोशाक, पाठ्यपुस्तक तथा स्टेशनरी बिक्री गर्ने जस्ता गतिविधि गरेको पनि पाइएको उल्लेख गरिएको छ।

केन्द्रले स्थानीय तहसँग समन्वय गरी यस्ता गतिविधिहरूको अनुगमन तथा कारबाहीको विवरण केन्द्रमा पठाउन समेत आग्रह गरिएको छ।

 

प्रकाशित: ८ वैशाख २०८३ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App