२ श्रावण २०८३ शनिबार
image/svg+xml
खेल

विश्वकपमा साविक विजेता अर्जेन्टिना र अल्जेरिया भिड्दै

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिनाले अल्जेरियाको सामना गर्दैछ।

अमेरिकाको कान्सास सिटी स्टेडियममा हुन लागेको खेल अहिले ६ः४५ बजेबाट सुरु हुँदैछ।

यस खेलसँगै अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले २०० औं अन्तर्राष्ट्रिय खेल पूरा गर्नेछन्। यसका साथै लगातार ६ विश्वकप खेल्ने उनीपहिलो खेलाडी समेत बन्नेछन्। विश्वकपमा उनको यो कीर्तिमानी २७ औं खेल हुनेछ।

अर्जेन्टिना दोस्रो स्थानमा रहेको इक्वेडरभन्दा नौ अंकले अगाडि रहँदै २०१४ पछि पहिलो पटक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। टोलीले पछिल्लो पाँच खेलमा सबै खेल जितेको छ। अर्जेन्टिनाका भरपर्दा गोलकिपर एमी मार्टिनेज चोटबाट निको हुँदै टोलीमा फर्किएका छन्। टोलीका मुख्य लेफ्ट ब्याक निकोलस तागलियाफिको भने चोटका कारण आजको खेल खेल्ने छैनन्।

अर्कोतर्फ, अल्जेरियाली टोलीका मुख्य डिफेन्डर रामी बेन्सेबैनी पनि चोटका कारण मैदान बाहिर रहने भएका छन्। छनोटपछि अल्जेरिया आत्मविश्वासका साथ प्रतियोगितामा प्रवेश गर्दैछ। टोलीले मार्चमा ग्वाटेमालालाई हराएको थियो भने उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो। पछिल्ला अभ्यास खेलहरूमा नेदरल्याण्ड्स र बोलिभियालाई हराउँदै उनीहरूले आफ्ना पछिल्ला छ खेलहरूमा केवल दुई पटक मात्र हार बेहोरेका छन्।

प्रकाशित: ३ असार २०८३ ०६:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App