७ वैशाख २०८१ शुक्रबार
खेल

सञ्जयलाई साइक्लिङ च्यालेन्जको उपाधि

विजेता साईक्लिस्टहरू

बुटवलमा भएको पहिलो क्रस कन्ट्री रेस फेस्टिबल साइक्लिङ च्यालेन्ज २०२० को उपाधि स्थानीय सञ्जय परियारले हात पारेका छन्। ह्याप्पी साइक्लिङ क्लबको आयोजनामा भएको प्रतियोगितामा २६ जनालाई पछि पार्दै परियारले उपाधि हात पारेका हुन्। उनले २०.१९ मिनेटमा रेस पूरा गर्दै उपाधि चुमेका हुन्।  उपाधिसँगै उनले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे।  

बुटवलकै समिर रायनले २१.३४ मिनेटमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरे। उनले नगद ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरे। दुवै बुटवल साइक्लिङ ग्रुपमा आबद्ध छन्। यसै गरी बुटवलकै सृजन श्रेष्ठले २५.३३ मिनेटमा दूरी पार गर्दै तेस्रो स्थान हासिल गरे। उनले नगद १ हजार १ सय ११ रुपैयाँ प्राप्त गरे। कोरोना महामारीका बेलामा साइक्लिङले शारीरिक तदुरुस्ती कायम गर्न मदत पु¥याउने भएकाले पछिल्लो समय साइकलप्रति मोह जागेको छ। साइक्लिङको मोहसँगै यसको प्रवद्र्धन गर्ने उदेश्यले क्रस कन्ट्री रेस फेस्टिबल गरिएको हो।  

भिक्टर फुड, लेभिस लन्च एन्ड बार तथा एफोर्डेबल क्लोथिङ स्टोरको मुख्य प्रायोजन भएको प्रतियोगिताको अवसरमा बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले स्वस्थ रहन साइक्लिङ महत्वपूर्ण हुने बताए। रूपन्देही जिल्ला साइक्लिङ संघका अध्यक्ष पुकार थापा, क्लबका अध्यक्ष सुमन श्रेष्ठ, कार्यक्रम संयोजक किरण श्रेष्ठ, बुटवल युनाइटेडका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउका अर्जुन गुरुङले पुरस्कार वितरण गरेका थिए।

प्रकाशित: ३ कार्तिक २०७७ ०४:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App