संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा वरीयता मिचेर न्यायाधीश डा मनोजकुमार शर्मालाई सिफारिस गरेपछि विवाद सुरु भएको छ।
चौथो वरीयतामा रहेका न्यायाधीशलाई सिफारिस गरिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका छन्।
संवैधानिक परिषद्को बैठकले न्यायाधीश शर्मालाई ३३ औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गर्ने निर्णय गरेसँगै परिषद्ले पहिलो वरीयतामा भएकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, दोस्रो वरीयताका कुमार रेग्मी र तेस्रो वरीयताका हरिप्रसाद फुयाललाई पन्छाउँदै चौथो नम्बरमा रहेका शर्मालाई रोजेको हो।
यसैक्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले आफ्नो रिटमा संवैधानिक परिषद्को उक्त निर्णयले न्यायिक परम्परा र संविधानको भावनाविपरीत काम भएको भन्दै सर्वोच्च अदालतमा रिट पेस गरेका हुन्।
प्रकाशित: २५ वैशाख २०८३ १२:४४ शुक्रबार





