२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

उपसभामुखले वरीयताको क्रमलाई उल्लंघन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले आफ्नै पार्टीबाट प्रतिनिधित्व गर्ने उपसभामुखले समेत वरीयता उल्लंघन गरी गरिएको प्रधानन्यायाधीश नियुक्त निर्णयमा हस्ताक्षर गरेको भन्दै दु:ख व्यक्त गरेका छन्।

'नियुक्ति सम्बन्धी बैठकको क्रममा नयाँ नयाँ एक ठाउँमा आउनु पर्ने देखि एमसिसी, एसपिपी जस्ता विषय समेतको प्रसंग ल्याई दबाब र प्रभाव सृजना गरिएको अवस्थामा हाम्रै पार्टीबाट जानु भएको उपसभामुखले समेत वरियताको क्रमलाई उलङ्घन गरेर गरिएको निर्णयमा हस्ताक्षर गर्नु खेदपूर्ण रहेको छ,' विज्ञप्तिमा भनिएको छ।

उनले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारको यस कदमलाई गल्ती र विधिको शासनमाथिको प्रहार भएको बताउँदै गलत कार्यलाई सही भन्न नसकिने बताए।

उनले सरकारले संसदीय प्रक्रियालाई छलेर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्दै वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्त गरेको भन्दै आपति जनाए।

यस्तै, उनले संसद् छलेर राष्ट्र प्रमुखलाई दबाब दिएर संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको बताए। वरीयताको चौथो नम्बरमा रहेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्नुलाई सरकारको ठूलो भुल भएको बताएका छन्।

प्रकाशित: २५ वैशाख २०८३ १२:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App