२७ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

१५ जना अवैतनिक दूत पदमुक्त, सरकारका चार निर्णय के-के छन्?

सरकारले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज (शुक्रबार) बसेको मन्त्रिपरिषद्‍को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनले परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने बताए।

यस्तै, बैठकले आगामी २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद् बैठकलाई सम्बोधनका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय समेत गरेको शिक्षामन्त्री पोखरेलले जानकारी दिए।

प्रकाशित: २५ वैशाख २०८३ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App