३० जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

सलोन र सलिनको ‘युनीभर्सिटी अफ गुण्डाज्’ को टिजरलाई दर्शकको साथ

सलिन मान बनिया र सनोल बस्नेतको एक्सन फिल्म ‘युनीभर्सिटी अफ गुण्डाज्’ को टिजरलाई २ दिनमै साँढे दश लाख दर्शकले हेरेका छन्। युटुबमा रिलिज गरेको यो टिजरलाई छोटो समयमा नै दर्शकले दश लाख ६३ हजारभन्दा बढिले हेरेका छन्।

उक्त टिजरलाई ८ हजारले लाइक गरेका छन् भने १२ सय ३१भन्दा बढिले कमेन्ट गरेका छन्। कमेन्टकर्ताले सलिन र सलोनको एक्सनलाई मन पराएका छन्। उनीहरूले फिल्मको फस्ट लुकले नै ठुलो हलचल मच्चाएको भन्दै सलिन र सलोनलाई शुभकामना दिएका छन्।

कमेन्टकर्तामध्ये एक अनिता लम्साल भन्छिन्, ‘फिल्मको फस्ट लुकले ठूलो हलचल मच्चाएको छ। धन्यवाद सलिन र सलोन।’

झण्डै ८ वर्षपछि फिल्ममा कमव्याक गरेका सलिनलाई दर्शकले खाइलाग्दो हिरो आएको समेत प्रतिक्रिया दिएका छन्। उनीहरूले सलोन र सलिनबाट एक्सन चाहेको बुझिन्छ।

अर्का कमेन्टकर्ता प्रेम बराइलीले टिजरले आफूलाई असाध्य छोएको प्रतिक्रिया दिएका छन्। उनी लेख्छन्,‘कमेन्टकर्ताले सबै एक्सन हिरो साइड लाग,मेन हिरो आयो ल।’

अन्य कमेन्टकर्ताले फिल्मका हिरोहरूले दर्शकमाझ नयाँपन लिएर आएको भन्दै सबैलाई हेर्न आग्रह गरेका छन्। एक्सन जनराका फिल्म हलमा रहेको अवस्थामा सलिन र सलोनको यो फिल्मले दर्शकलाई बेग्दै स्वाद दिने देखिन्छ। सलिनको जन्मदिन पारेर आफ्ना दर्शकलाई सरप्राइज स्वरप टिजर रिलिज गरिएको थियो। ओएसआर डिजिटल युटुब च्यानलबाट रिलिज भएको १ मिनेट १२ सेकेण्ड लामो टिजरले एक युवाले आफ्नो एरियामा राज गरेको देखिन्छ। आफ्नो ज्यान र एक्सनसहित दर्शकमाझ आउन लागेका सलिनलाई दर्शकले एक्सन हिरोको रूपमा छिट्टै पाउनेछन्।

सान्भी इन्टरेटेन्टमेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्ममा सलिन र सलोन बस्नेतको मुख्य भूमिका छ।

अभिनेता सलिनमान आफैँले लेखेको यस फिल्मको स्टोरीमा सुरेश न्यौपानेले निर्देशन गरेका छन्। यस फिल्मको मुख्य भूमिकामा सलिन, सलोन छन्।

सम्राट बस्नेतको एक्सनमा निर्माण भएको यस फिल्ममा अन्य कलाकार र प्राविधिकहरूको नाम सार्वजनिक गरेको छैन। साथै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेको छैन। यस फिल्मको ब्याकग्राउण्ड स्कोर रोमन बज्रचार्यले गरेका छन् भने मेकअपमा मनोज लामाको छ।

प्रोडक्सन म्यानेजर सुवास काफ्ले,असिस्टेन प्रोडक्सन म्यानेजर केवलमान सिंह बस्नेतको छ भने यस फिल्मको साउण्ड डिजाइनर मुकेश शाह हुन्। त्यसै गरी फिल्मको भिएफएक्स मनोज श्रेष्ठले गर्दैछन् भने फिल्मको सम्पादन तथा ट्रेलरको काम बन्दे प्रसादले जिम्मा लिएका छन्। कलरमा राजेन्द्र मोक्तानको छ भने फिल्मको स्क्रिन प्ले मन्दिप गौतमले गरेका छन् भने डिओपीको काम सौरभ लामाले  गरेका छन्।

प्रकाशित: २५ वैशाख २०८३ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App