३१ चैत्र २०८१ आइतबार
image/svg+xml ४:४२ पूर्वाह्न
खेल

आईपीएल : मुम्बई र लखनउबीच खेल हुँदै

इण्डियन प्रिमियर लिग ९आइपिएल०मा शुक्रबार मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति ७ः४५ बजे अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा सुरु हुनेछ ।  

समान ३ खेलबाट दुवैको समान २ अंकमात्र छ । लखनउलाई पराजित गर्न सके मुम्बई कम्तीमा चौथो स्थानमा उक्लनेछ । मुम्बईको हारले भने सातौं स्थानमा रहेको लखनउलाई कम्तीमा छैठौं स्थानमा पुर्याउनेछ ।  

आफ्नो पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग र गुजरात टाईटन्ससँग पराजित मुम्बईले तेस्रो खेलमा भने कोलकाता नाइट राइडर्सलाई हराएको थियो । पहिलो खेलमा देल्ली डेरडेभिएल्स र तेस्रोमा पञ्जाव किङ्ससँग हारेको लखनउले दोस्रो खेलमा भने सनराइजर्स हैदवादलाई हराएको थियो ।

लखनउ रिसब पन्त र मुम्बई हार्दिक पाण्डेयको कमानीमा मैदान उत्रनेछ ।

प्रकाशित: २२ चैत्र २०८१ १६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App