३ चैत्र २०८१ आइतबार
image/svg+xml ६:१४ पूर्वाह्न
खेल

रजत विजेता आङदेम्बेसहितको टोली फिर्ता

विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा पदक विजेता प्रभा आङदेम्बेसहित नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ।

भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरू स्टेडियमा मार्च ७ देखि १३ सम्म सम्पन्न पारा एथलेटिक्समा प्रभा आङदेम्बेले नेपाललाई रजत पदक दिलाएकी थिइन्। प्रभासहित नेपालका ६ खेलाडीले उक्त पारा एथलेटिक्समा प्रतिस्पर्धा गरेका थिए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) की सदस्य अञ्जना श्रेष्ठसहित रहेको नेपाली टोलीलाई शुक्रबार राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। प्रभाले टी–४७ क्याटगोरीको महिला लङजम्पमा ३.९६ मिटर जम्प गर्दै रजत जितेकी हुन्।

प्रभाले लङजम्पसहित दुई सय र चार सय मिटर दौडमा पनि प्रतिस्पर्धा गरेकी थिइन्। पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेलले चुनौती दिएका थिए। डिस्कस थ्रोमा राजु गुरुङले र ज्याभ्लिन थ्रोमा गोविन्दले पनि खेलेका थिए। तर, प्रभाबाहेक अन्य खेलाडीले सफलता पाउन भने सकेनन्। नेपाली टोलीको व्यवस्थापकमा ओमनाथ शिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर भारत गएका थिए। 

प्रकाशित: २ चैत्र २०८१ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App